ओलीले अझै के के गर्छन् हेर्दै जानु होला (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ओलीले अझै के के गर्छन् हेर्दै जानु होला (भिडियोसहित)

काठमाडौ, १७ चैत । एमाले नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीले पदका लागि जेपनि गर्ने आरोप लगाएका छन् । मंगलबार ईमाउन्टेन टिभीसंग कुराकानी गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

‘ओली आफू पदबाट हटेपछि त्यो कुर्सी भाँच्नुपर्छ भन्ने मान्याता राख्ने नेता हुन् , स्पष्टिकरण त केही होइन, आफ्ना लागि उनले अझै धेरै गर्ने छन्, के के गर्छन हेर्दै जानु होला’ भुसालले भने। ‘कुनै बेला सीपी मैनाली, झलनाथ खनाल महासचिवबाट हटाएपनि पछि एकै ठाँउमा बसेर काम गरे, तर ओलीले त्यो सम्भावना समाप्त गरे’ उनले भने ।

भुसालले आफूहरुलाई सोधेको स्पष्टिकरणको लिखत हेर्दा यो गर्छन् भन्ने पहिला नै थाहा भएको बताए । उनले आफ्नो चाकडी गर्नेलाई कार्यकर्ता र नगर्नेलाई शत्रु ठान्ने गरेको आरोप पनि उनले लगाए। ओलीका अहिलेका कदमले एमालेमा मात्र होइन धेरैतिर असर पर्ने उनको आरोप छ । आफूहरु देशव्यापी भेला प्रशिक्षण र संगठन विस्तारमा लाग्ने उनले बताए । आफूलाई एमालेले नभई ओलीले स्पष्टिकरण सोधेको उनको आरोप थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);