घरजग्गा कारोबार कम्पनीमार्फत गर्नुपर्नेमा व्यवसायीहरुको जोड | ईमाउण्टेन समाचार

Our Network

भदौ ६ २०८३, आइतबार

घरजग्गा कारोबार कम्पनीमार्फत गर्नुपर्नेमा व्यवसायीहरुको जोड

नेपाल घर जग्गा तथा आवासीय विकास महासंघले कम्पनीमार्फत कारोबार हुनु पन्ृेमा जोड दिएको छ ।

नेपाल घर जग्गा तथा आवासीय विकास महासंघका अध्यक्ष भेषराज लोहनीले कास्की घरजग्गा तथा आवासीय विकास संघको वार्षिक साधरण सभामा कम्पनी मार्फत व्यवसाय गर्नु पर्नेमा जोड दिनु भएको हो ।

व्यक्तिगत रुपमा कारोबार गर्दा घरजग्गा व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण नकारात्मक भएको भन्दै उहाँले संयुक्त कम्पनीमार्फत काम गर्ने वातावरण व्यवसायीहरुले बनाउन आवश्यक देखिएको उल्लेख गर्नुभयो ।

सरकारले व्यवस्थित र पारदर्शी घरजग्गा कारोबार बनाउनको लागि ल्याण्ड पुलिङको ढोका खोल्नु पर्ने उल्लेख गर्दै अध्यक्ष लोहनीले सबै स्थानीय तहमा ल्याण्ड उपभोग नीति लागू भएकाले त्यहीअनुसार स्थानीय तहहरुले पनि शहर बनाउने गुरुयोजना बनाउनुपर्ने बताउनु भयो ।

उहाँले सरकारले ल्याण्ड पुलिङ खुला गरी शहरी ऐन बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । ०००

Leave a Reply

ताजा समाचार