कारबाहीप्रति नेपाल पक्षको भत्सर्ना, महाधिवेशन आयोजक समिति अवैधानिक भएको घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कारबाहीप्रति नेपाल पक्षको भत्सर्ना, महाधिवेशन आयोजक समिति अवैधानिक भएको घोषणा

काठमाडौं, २० चैत। एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षका चार नेतालाई गरेको कारबाहीप्रति नेपाल पक्षले भत्सर्ना गरेको छ । सो पक्षका स्थायी समिति सदस्यको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको नेता भीम रावलले जानकारी दिए ।

एमाले नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

त्यसैगरी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले बनाए महाधिवेशन आयोजक समितिलाई अवैधानिक भन्दै त्यसलाई नमान्ने निर्णय गरेको राववले जानकारी दिए।

पार्टी हित विपरीत गतिविधि गरेको आरोप लगाउँदै एमालेले नेता माधवकुमार नेपाल भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई छ महिनाका लागि पार्टीका सबै निकायबाट निलम्बन गरेको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);