एमाले रणनीति: एमालेका प्रमुख नेता प्रत्यक्षमै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८३, आइतबार

प्रमुख विपक्षी एमाले अध्यक्षसहित प्रमुख नेताहरू प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने भएका छन्।

एमालेसहित वाम तालमेलको पक्षमा माहोल बनाउन पार्टी अध्यक्ष, वरिष्ठ नेतासहित पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोका प्रभावशाली नेताहरूलाई प्रत्यक्षमा उठाउने टुंगो मंगलबार एमाले स्थायी समिति बैठकले यससम्बन्धी निर्णय गरेको पार्टी सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

पार्टीले आगामी मंसिर १० र २१ गते हुन लागेको चुनाव आलटाल गर्ने, सार्ने वा प्रभावित गर्ने कुनै पनि गतिविधि नगर्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ।

अध्यक्ष केपी ओलीले पछिल्लो समय एमाले, माओवादी केन्द्रसहित वाम तालमेल भएपछि केही पक्ष अत्तालिएकाले त्यसतर्फ सतर्क हुनुपर्ने बताएका थिए। साथै पार्टीको वर्चस्व कायम राख्नका लागि सबै प्रभावशाली नेताहरू प्रत्यक्षमै उठ्नुपर्ने धारणा राखेका थिए।

‘अध्यक्ष, पदाधिकारीसहितका नेताहरू प्रत्यक्षमै उठ्ने विषयमा सहमति जुटेको छ। यसले चुनावी महोल बढाउन मद्दत समेत पुर्‍याउनेछ,’ नेता ज्ञवालीले भने। एमालेमा अध्यक्ष, २ वरिष्ठ नेता, ४ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव र ५ सचिव छन्।

पार्टी अध्यक्ष केपी ओली झापा ५ बाट उठ्ने करिब पक्का छ। वरिष्ठ नेताद्वय झलनाथ खनाल इलाम १ र माधव नेपाल काठमाडौं २ बाट प्रत्यक्षमै सर्वसम्मत सिफारिस भएका छन्। उपाध्यक्षहरू वामदेव गौतम बर्दिया १, अष्टलक्ष्मी शाक्य काठमाडौं ९, युवराज ज्ञवाली दाङ ३, भीम रावल अछाम १ बाट चुनाव लडदै छन्। आजको कान्तिपुर दैनिकमा खबर छ।