गौचन हत्या सेलाउन नपाउँदै फेरि सुन व्यवसायीको गोली हानी हत्या | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

काठमाडौँ, २५ असोज । राजधानीमा गत सोमबार दिउँसै गोली हानी नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको खबर सेलाउन नपाउँदै सर्लाहीमा गोली हानी एक जना सुनचाँदी व्यवसायीको हत्या भएको छ।

हरिपुर नगरपालिकाको पिडारीबाट पसल बन्द गरेर घर फर्कदै गरेका कविलासी गाउँपालिका–३ पिपरियाका २७ वर्षिय व्यवसायी सुनिल साहको अज्ञात समुहले गोली हानी हत्या गरेको हो। मंगलबार साँझ पसल बन्द गरेर मोटरसाईकलमा घर फर्कदै गर्दा बाटो ढुकेर बसेका ३/४ जनाको समुहले मोटरसाईकल रोक्न लगाएर साथमा रहेको नगद तथा सुन-चाँदी लुट्न खोज्दै गोली हानी हत्या गरेको मृतकका बुबा नागेन्दर साहले बताए।

लुटेराको प्रतिकार गर्न खोज्दा सुनिलको च्यापुमुनी गोली हानी झोलामा रहेको नगद तथा सुन-चाँदीसमेत लिएर फरार भएको प्रहरीले जनाएको छ। गोली लागेर गम्भीर घाईते भएका साहलाई जिल्ला अस्पताल पु-याए पनि अस्पतालले मृत घोषणा गरेको हो।

गोली प्रहार गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी मसाउद आलम खाँले जानकारी दिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);