भारतीय वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानी हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, २१ भदौ । दक्षिणपन्थीको कडा आलोचक भारतीय वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानी हत्या भएको छ। पत्रकार लंकेशको हिजो मंगलबार बेलुका गोली हानी हत्या भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

 

साँझ बेंगलुरुमा रहेको घर फर्किँदै गर्दा लंकेशमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । उनीबारे किन गोली हानियो भन्नेबारे अहिलेसम्म कुनै जानकारी बाहिर आएको छैन। गौरीले लंकेश पत्रिका मार्फत कम्युनल हार्मोनी फोरमलाई साथ दिँदै आएकी थिईन्।

 

लंकेश पत्रिका उनका पिताले ४० वर्षअघि सुरु गरेका थिए। गौरीले अहिले त्यसको सञ्चालन गर्दै आएकी थिईन्। मंगलबार बेलुका राज राजेश्वरीमा रहेको घरको ढोका खोल्दै गर्दा गौरीमाथि गोली प्रहार भएको एक प्रहरी अधिकारीले बताएका छन्।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);