पाकिस्तानको एक प्रान्तमा डेंगले लग्यो १७ को ज्यान, ४ हजार भन्दा बढि प्रभावित | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

पाकिस्तानको दक्षिण पश्चिम खैबर पाकथुङ्वा प्रान्तमा डेंगुका कारण १७ जनाको मृत्यु भएको छ ।

डेंगुका कारण ४ हजार २ सयभन्दा बढी प्रभावित भएका छन् ।गत जुनदेखि पाकिस्तानमा डेंगुको महामारी फैलिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । डेंगु संक्रमितहरु अहिले पाकिस्तानका विभिन्न अस्पतालमा उपचारार्थ भर्ना भएका पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । डेंगु प्रभावित ३ हजार ५ सय जना उपचारपछि घर फर्किसकेको बताइएको छ । उपचार गराइरहेका केहीको अवस्था गम्भीर रहेकाले विशेष निगरानीमा राखेर नियमित औषधि सेवन गराइएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

चिकित्सकहरुले उक्त क्षेत्रलाई संकमण क्षेत्र घोषणा गरेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);