पाकिस्तानमा स्वास्थ्य संकटको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

पाकिस्तानमा स्वास्थ्य संकटको चेतावनी

इस्लामाबाद। पाकिस्तानी स्वास्थ्य अधिकारीहरूले हालै आएको बाढीपछि देशमा स्वास्थ्य संकट आउन सक्ने चेतावनी दिएका छन् । बाढीका कारण जुनको मध्यदेखि हालसम्म करिब १५०० जनाको मृत्यु भएको बाढीबाट ३ करोड ३० लाख मानिस प्रभावित छन् । देशका विभिन्न भागहरूमा उद्धार र निकासीको प्रयास जारी रहँदा स्वास्थ्य विशेषज्ञहरूले डेंगु, मलेरिया र गम्भीर संक्रमणका घटना भएको जनाएका छन् । धेरै विस्थापित मानिसहरू दुर्गन्धित पानी नजिक बसिरहेका छन् । डेंगु ज्वरोले धेरैको ज्यान गुमाइरहेको छ भने मानिसहरू दिनप्रतिदिन संक्रमित बनिरहेका छन् । दक्षिणी सिन्ध प्रान्तमा स्वास्थ्य अधिकारीहरूले डेंगु ज्वरोका करिब ३ हजार ८३० केस रिपोर्ट गरेका छन् । तीमध्ये  कम्तीमा नौ जनाको मृत्यु भएको छ।

‘समग्रमा सिन्धको अवस्था निकै खराब छ । प्रान्तभर हामीले मेडिकल शिविर प्रबन्ध गरिरहेका छौँ । मलेरियापछि अहिले हामी डेंगुका विरामी देखिरहेका छौँ’, पाकिस्तान मेडिकल संघका महासचिव डा. अब्दुल घाफुर सोरोले भने।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);