रुपन्देहीमा ४२ जनामा डेंगुको संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

रुपन्देहीमा ४२ जनामा डेंगुको संक्रमण

dengue rupandehi

विवेक विश्वकर्मा
रुपन्देही, २४ भदौ । डेंगुको प्रकोपले यतिबेला सर्वसाधारण त्रसित भएका छन् । राजधानी काठमाडौंदेखि पहाड हुँदै तराईको जिल्लाहरु पनि डेंगुबाट अछुतो रहन सकेको छैन । रुपन्देहीमा पनि डेंगु रोगका बिरामी बढ्दै गएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा अहिले सम्म ४२ जनामा डेंगु रोग देखिएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अुनसार जिल्लामा ४२ जनामा डेंगुको संक्रमण देखिएको छ । ५ वर्षका बालबालिकादेखि ७५ वर्षका वृद्धवृद्धा सम्मलाई डेंगु रोग लागेको पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस क्षेत्रमा मनसुन बल्ल सक्रिय भएकाले लामखुट्टेको टोकाइबाट फैलने डेंगुको प्रकोप कात्तिक, मंसिरसम्म रहन सक्ने स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथले बताउनु भयो ।

रुपन्देहीमा पहिलो पटक साउन २८ गते एक जनामा डेंगु रोग देखिएको थियो । बुटवल हस्पिटल प्रा.लि.मा ती विरामीको चेकजाँच गर्दा डेंगु देखिएको हो । त्यसयता दैनिक २–३ जनाका दरले डेंगुका बिरामी थपिँदै गएका छन् । डेंगु रोग लागेकामा पुरुष भन्दा महिला धेरै छन् । संक्रमितहरुको अहिले जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मात्रै २६ जना संक्रमितको उपचार जारी छ । चिकित्सकहरुले पानी जम्ने ठाउँ पुर्ने, सुत्दा झुलको प्रयोग गर्ने, सचेतना फैलाउने, घरको झ्याल ढोकामा जाली लगाउने र रोगको लक्षण देखिँन वित्तिकै अस्पताल गएर उपचार गरे डेंगुबाट बच्न सकिने बताउँछन् ।

डेंगु एडिस एजेप्टाई र एडिस अल्बोपिक्टस नामका पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । रुपन्देहीमा २०६७/०६८ मा पहिलोपटक डेंगुका विरामी फेला परेका थिए । उक्त वर्ष रुपन्देहीमा मात्रै ४ जनाको मृत्यु भएको थियो । त्यस्तै २०७३/२०७४ र २०७४/२०७५ मा २-२ जना गरी ४ जनाको मृत्यु भएको थियो । डेंगु देखिए यता ८ जनाको मृत्यु भइसकेको छ । २०७४/०७५ मा चितवन र रुपन्देहीमा डेंगुको महामारी नै फैलिएको थियो ।

८ वर्षको अन्तरालमा रुपन्देहीमा करिब १५ सयमा डेंगु रोग लागिसकेको छ । जिल्लामा डेंगुका रोगीहरु बढ्दा समेत स्थानीय तहहरुले स्वास्थ्य कार्यालयसंग खासै समन्वय समेत गरेका छैनन् । यसको साथै भैरहवास्थित भिम अस्पतालमा डेंगुको उपचार समेत भएको छैन ।

lumbini pradesik aspatal

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);