यस वर्ष काठमाडौंमा १० जनामा डेंगु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

यस वर्ष काठमाडौंमा १० जनामा डेंगु

फूलमाया आले

काठमाडौं, १३ कात्तिक । सन् २०१८ अक्टोबरको अन्त्यसम्मा नेपालमा १ सय ४ जना डेंगुको बिरामी देखापरेको छ भने एक जनाको मृत्यु भएको इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

त्यस्तै अहिलेसम्म सबै भन्दा धेरै डेंगुका बिरामी सन् २०१७ मा २१ सय ११ जना बिरामी रहेको इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कले देखाएको छ । लामखुट्टेको टोकाइबाट लाग्ने सरुवा रोग डेंगु विश्वको नै चुनौतीपूर्ण विषय बन्दै गइरहेको छ ।

नेपालमा सन् २००४ मा पहिलो पटक डेंगुको संक्रमण देखा परेको थियो । सन् २०१६ मा १५ सय २९ जनामा डेंगुको संक्रमण देखिएको थियो । तर सन् २०१७ मा त्यो सङ्ख्या बढेर २१ सय ११ जनालाई डेंगुको संक्रमण देखिएको इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

जुन अहिलेसम्मको सबै भन्दा धेरै भइको महाशाखाले जनाएको छ । त्यस्तै सन् २०१८ अक्टोवरको अन्त्यसम्म नेपालमा १ सय ४ जना डेंगुको बिरामी देखापरेको महाशाखाको तथ्याङ्कले देखाएको छ ।

नेपालको तराई र भित्रि मधेस डेंगुको बढी जोखिम रहेको बताइए पनि यस वर्ष काठमाडौमा पनि अहिलेसम्म १० जना डेंगुको बिरामी देखापरेका छन् । त्यस्तै सबै भन्दा बढी रुपन्देहीमा २३ जना, कास्कीमा १७ जना, चितवनमा १३ जना डेंगुको बिरामी देखिएको महाशाखाले जनाएको छ ।

रोग नियन्त्रणको लागि खोज र नष्ट गर भन्ने अभियानकासाथ सरकारले प्रत्येक वर्ष जिल्लाको जनसङ्ख्याको आकार अनुसार बजेट विनियोजन गर्दै आएको छ । तर पनि डेंगुको संक्रमण पूर्ण रुपमा नियन्त्रणमा आउन सेकेको छैन ।

डेंगु संक्रमित बिरामीमा शुरुमा कडा दुखाईसहित अत्याधिक ज्वरो आउने, टाउकाको पछिल्लो भाग, आँखाको दाना तथा हातगोडाका जोर्नी दुख्ने लक्षण देखा पर्छ । डेंगु सफा पानीमा बस्ने एडिस एजिप्टाई नामको पोथी लामखुट्टेको टोकाईबाट सर्ने रोग हो ।

यो लामखुट्टे पानीको ट्यांकी, रंगहरुका डब्बा, जंक फुडका बट्टा, खाली गमला, फ्याँकिएका टायर, कुलर एसीबाट निस्कने पानी लगायत कृतिम भाँडो वा ठाँउमा जमेको पानीमा बस्छ । यो लामखुट्टेको आयु डेढ महिना सम्म हुनेगर्दछ । त्यसैले डेंगु रोकथामका लागि आफ्नो वरपरको वातावरणको सरसफाईमा ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);