झापा, धरान र विराटनगरमा डेंगुको प्रकोप | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

झापा, धरान र विराटनगरमा डेंगुको प्रकोप

डेंगुको प्रकोप

काठमाडौं, ८ असार । देशका पूर्वी जिल्लाहरु झापा, धरान र बिराटनगरमा डेंगुको प्रकोप देखिएको छ । डेंगु रोग विभिन्न ठाउँमा देखिएपछि यस रोगबाट बच्नका लागि सर्तक रहन चिकित्सकले सुझाव दिएका छन् ।

गर्मी मौसम सुरु भएसंगै झाडा पखाला लगायत विभिन्न रोगको प्रकोप बढी मात्रामा देखिने गर्दछ । विभिन्न रोगहरु मध्ये यस वर्ष पूर्वी जिल्लाहरु धरान, विराटनगर र झापामा डेंगुको प्रकोप देखिएको छ ।

पूर्वी जिल्लामा देखिएको यस रोग देशका बिभिन्न ठाउँमा यसको प्रकोप देखिने सक्ने भएकाले सतर्क रहन चिकित्सकले सुझाव दिएका छन् । डेंगु रोग एक प्रजातिको लामखुट्टेको टोकाइबाट हुने सरुवा रोग हो ।

यो रोग एडिज एजिप्टाई र एडिज अल्वोपिक्ट्स जातको पोथी लामखुट्टेबाट सर्छ । उपत्यकामा पनि एडिज एजिप्टाई र एडिज अल्वोपिक्ट्स जातको पोथी लामखुट्टे रहेकाले डेंगुको जोखिममा उपत्यका पनि रहेको ईडिसिडिको अध्यनले देखाएको छ । अहिले उपत्यकाका अस्पतालहरुमा पनि डेंगुका विरामी उपचारका लागि आउने गरेको चिकित्सक बताउँछन् ।

डेंगु एक भाइरसको कारणले हुने रोग हो यो ट्रपिकल र सबट्रपिकल क्षेत्रहरुमा अधिक रुपमा देखापर्छ । वर्षातको मौसममा डेंगु फिवरको प्रकोप धेरै बढ्ने गर्दछ भने डेंगु रोग फैलाउने लामखुट्टेले विशेषगरी दिनको समयमा टोक्ने गरेको पाइन्छ । यो रोगका लक्षणहरु लाम्खुट्टेले टोकेको ४ देखि १० दिनपछि मात्र देखापर्छ ।

२०१५ मा भारतको नयाँदिल्लीमा मात्रै १ हजार ८ सय ७२ जना बिरामीहरु डेंगु रोगले संक्रमित भएको पाइएको थियो । नेपालमा सन् २००४ मा डेंगुको पहिलो बिरामी पत्ता लागेको थियो भने सन् २००६ मा चितवनमा डेंगुका रोगीहरु भेटिएका थिए । सन् २०१० मा ९०० भन्दा धेरै बिरामीहरु देशका विभिन्न ठाउँहरुमा भेटिएको थियो । तीमध्ये पाँच जनाको मृत्यु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);