सावधान डेंगुले समाउला ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

सावधान डेंगुले समाउला !

dengu

४० दिनमा ५६१ प्रभावित

काठमाडौं, ३२ जेठ । देशका विभिन्न भागमा डेंगु रोगको प्रकोप बढ्दै जान थालेको छ । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको प्रकोप फैलिँदा जोखिम बढ्न पुगेको छ । जोखिम बढ्दै गर्दा संघीय राजधानी काठमाडौंमा पनि यसको प्रकोप बढ्न सक्ने भएकाले सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् । चिकित्सकका अनुसार काठमाडौं डेंगुको उच्च जोखिममा छ ।

रोग नियन्त्रणका लागि सरकारी संयन्त्र कमजोर हुँदा यो रोगको संक्रमण बढ्दै गएको हो । जनचेतनाको अभाव, केन्द्र, प्रदेश र स्थानीय सरकारबीच सहयोग, समन्वय र सहकार्यको अभाव तथा नियन्त्रणका लागि सरकारको उच्च प्राथमिकतामा पर्न नसक्नुजस्ता कारणले डेगुं रोग न्यूनीकरणको अभियान प्रभावकारी हुन सकेको छैन ।

विगत ४० दिनमा ११ जिल्लाका ५६१ जना सो रोगबाट प्रभावित भएका छन् । डेंगु रोगबाट प्रभावितहरुको संख्या अझै बढ्न सक्ने इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए । उनले भने, ‘अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन, बढ्दै जाने देखिन्छ ।’

महाशाखाका अनुसार चालू आर्थिक वर्षमा डेंगु रोग निवारणका लागि १ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । तीमध्ये संघीय सरकारले ७० लाख र स्थानीय सरकारले ८० लाख रुपैयाँ विनियोजन गरेको छ । तर, विनियोजित रकम पनि जनचेतना र डेंगु रोग नियन्त्रण अभियानमा खर्च हुन नसकेको देखिएको छ । यो वर्ष ‘डेंगु रोग सार्ने लार्भाको खोज र नष्ट गर्ने अभियान’ प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको स्वास्थ्य सम्बद्ध अधिकारी स्विकार्छन् ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);