कोटेश्वरको जाम हटाउन तीन विकल्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

कोटेश्वरको जाम हटाउन तीन विकल्प

koteshowr jam ko bikalpa

काठमाडौं, ३२ जेठ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले राजधानीको कोटेश्वर चोकमा दिनहुँ हुने ट्राफिक जाम घटाउन तीनवटा विकल्पसहितको प्रारम्भिक प्रतिवेदन दिएको छ ।

राजधानीमा मुख्यचोकमा ट्राफिक सुधारका लागि नेपालको आग्रहमा अध्ययन गरिरहेको जाइकाको विज्ञ प्राविधिक टोलीले कोटेश्वरका लागि दुई फरक–फरक सुरुङमार्ग र फ्लाई ओभरसहित तीनवटा विकल्प दिएको हो ।

जापानी टोलीले एक महिनाभित्रै पूर्वसम्भाव्यता अध्ययनको रिपोर्ट दिने भएको छ । टोलीले फेब्रुअरीदेखि अध्ययन थालेको हो । पूर्वसम्भाव्यता अध्ययन क्रममा टोलीले प्रारम्भिक प्रतिवेदन दिएको हो । टोलीले दिएको प्रतिवेदनमा पहिलो विकल्पका रूपमा तीनकुनेबाट बालकुमारीसम्म सडकमुनि रिङ रोडमा सुरुङ मार्ग निर्माण गर्ने रहेको छ ।

तीनकुनेबाट सूर्यविनायक (भक्तपुर) तिर जाने सडकलाई अहिलेकै अवस्थामा राखेर केही फराकिलो बनाउने र त्यसको तलतलै तीनकुनेबाट बालकुमारीसम्म रिङ रोडमा १ हजार १ सय ४० मिटर लामोसुरुङ मार्ग निर्माण गर्ने प्रस्ताव छ ।

आउन र जानका लागि फरक–फरक दुइटा सुरुङ मार्ग निर्माण गर्ने प्रस्तावमा उल्लेख छ । त्यसका लागि २४ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । निर्माण कार्य गर्न ४८ महिना लाग्ने प्रतिवेदनमा उल्लेख छ । दोस्रो विकल्पमा तीनकुने हुँदै बालकुमारीतिर निस्कने सडकमा फ्लाई ओभर निर्माण गर्ने छ ।

रिङ रोडमा करिब १ हजार ३ सय २० मिटर लामो फ्लाई ओभर निर्माण गर्ने प्रस्तावमा उल्लेख छ । भक्तपुरतिर जाने सडकलाई फराकिलो बनाइन ९ अर्ब ९ करोड रुपैयाँ लाग्ने अनुमान प्रतिवेदनमा छ । तेस्रो विकल्पमा भक्तपुरतिर जाने सडकमा सुरुङ मार्ग निर्माण गर्ने छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);