शरीर आफ्नो, रगत अरूको | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

शरीर आफ्नो, रगत अरूको

blood transfusion

काठमाडौं, ३२ जेठ । बजारमा रगत अभाव भयो भन्ने हल्ला सुन्दा दीपा केसीलाई चिन्ता लाग्छ । उनको जीवन बजारमा पाइने रगतको भरमा चलेको छ । २२ वर्षीया उनी जन्मजात रगत उत्पादन गर्न नसक्ने रोग थालेसिमियाले ग्रस्त छिन् ।

सातामा दुईपटकसम्म रगत चढाउन सकिएन भने उनको जीवन खतरामा पर्छ । उनका हातमा रगत चढाउनका लागि घोचिएका सुईका दाग जताततै छन् ।

रगत चढाउन एक दिन ढिला भयो भने शरीरमा विभिन्न समस्या देखा पर्छन् । ‘शरीर सेतोफुस्रो देखिन्छ, जीउ भारी हुन्छ, कमजोरीले ओछ्यानबाट उठ्ने हिम्मत हुँदैन,’ उनी भन्छिन्, ‘धेरै दिन रगत पाइएन भने सास फेर्न गाह्रो हुन्छ ।’ रगत अभावकै कारण खाना नरुच्ने, बान्ता हुने समस्या त उनले दिनहुँ भोग्दै आएकी छन् ।

कहिलेकाहीँ रगत हाल्दा पनि उस्तै समस्या हुन्छ । उनका अनुसार रगत चढाएको दिन शरीर चिलाउने, राताराता डाबर आउने हुन्छ । अरूको रगत चढाएकै कारण शरीरमा फलामको मात्रा बढछ । त्यसलाई रोक्न अर्को उपाय अपनाउनुपर्छ । रगत जुटाउन र फलाम तत्त्व फाल्ने औषधि जोहो गर्न झनै मुस्किलपर्ने उनी बताउँछिन् ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);