बोक्सी आरोप लगाउने माता पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बोक्सी आरोप लगाउने माता पक्राउ

mata pakrau

झापा, ३२ जेठ । आफूलाई बोक्सीको आरोप लगाएको भन्दै मेचीनगर नगरपालिका–९ धुलाबारीकी ८१ वर्षीया गंगामाया बस्नेतले स्थानीय दुईजना महिलाविरुद्ध उजुरी दिएकी छिन् । केही दिनअघि नै छिमेकी कुमारी चम्लागाईंका नाममा उजुरी दिएकी वृद्धाले शुक्रबार आफूलाई ‘माता’ बताउँदै मन्दिरमा बस्ने पवित्रा सिवाकोटीविरुद्ध पनि जाहेरी दिएकी हुन् ।

जाहेरी परेपछि प्रहरीले शुक्रबार अपराह्न ‘माता’ सिवाकोटीलाई पक्राउ गरेको छ । ‘माता’विरुद्ध उजुरी पर्नासाथ इलाका प्रहरी कार्यालय धुलाबारीले पत्र लेखेर जिल्ला अदालत झापामा पठाएको थियो । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि ‘माता’लाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक टीकाबहादुर कार्कीले बताए ।

के हो बोक्सी काण्ड ?
आफूलाई आठ वर्षदेखि छिमेकी कुमारी चम्लागाईंले ‘बोक्सी’ भन्दै आएकी ८१ वर्षीया वृद्धा बस्नेत बताउँछिन् । केही दिनअघि चम्लागाईं स्थानीय ‘माता’ पवित्रा सिवाकोटीकहाँ ग्रहदशा हेराउन गएर आफू ‘बस्नेतनी आमै हुँ’ भन्दै बकेकी थिइन् । बक्दा उनले तिनै ८१ वर्षीया वृद्धा बनेर भनिन्, ‘म बस्नेतनी आमै हुँ । गोपाललाई मैले नै खाएँ । खसी पनि मैले खाएँ । १२ बजे राति नाच्छु । मेरी छोरी पनि मसँगै नाच्छे ।’

यो सब थाहा पाएपछि वृद्धा बारम्बार वडा कार्यालय र प्रहरी कार्यालय धाइरहेकी छिन् । ‘बाबु मलाई आठ वर्षदेखि छिमेकीले बोक्सीको आरोप लगाइरहेका छन्, यति दिनसम्म सहेरै बसेँ । अब त अत्ति भो, म कहाँ जाऊँ ?’ वृद्धाले भनिन् ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);