छोरी बलात्कार आरोपमा बाबु पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

छोरी बलात्कार आरोपमा बाबु पक्राउ

लमजुङ।  प्रहरीले आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा राइनासबाट एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका निमित्त प्रहरी प्रमुख एवं सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले बालिकाले नै प्रहरी कार्यालयमा आएर उजुरी दिएपछि उनका बाबुलाई पक्राउ गरिएको जानकारी दिए । आइतबार बिहान ४ बजेतिर घरबाट पक्राउ गरिएका उनलाई लमजुङ जिल्ला अदालतबाट सोमबार सात दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको रेग्मीले बताए ।

प्रहरीका अनुसार ४५ वर्षीय बाबुले आफ्नै १६ वर्षीया छोरीलाई घरमा कोही नभएको बेला जबर्जस्ती करणी गरेको आरोप लागेको छ । प्रहरीका अनुसार मद्यपान गरी स्थानीय चुनावका बेला र चुनावपछि समेत गरी आफूलाई दुईपटक करणी गरेको पीडितले बयान दिएकी छन् । प्रारम्भिक बयानकै क्रममा उनले दुईपटकसम्म करणी गरेको स्वीकार गरेकाे अनुसन्धानमा खटिएका एक प्रहरीले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);