बलात्कार पछि बालिकाकाे हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बलात्कार पछि बालिकाकाे हत्या

rape

राजविराज, ५ फागुन । ११ बर्षिय बहिनीलाई बलत्कार गरि हत्या गरेको आरोपमा पक्राउ परेका एक अभियुक्तलाई शुक्रवार सप्तरी प्रहरीले सार्वजनिक गरेको छ । जिल्लाकै खडक नगरपालिका–९ लालपट्टीका १८ बर्षिय राजदेव मण्डललाई आफ्नै काकाकी छोरी ११ बर्षिय पार्वतीकुमारी मण्डललाई बलत्कार पश्चात हत्या गरेको आरोपमा प्रहरीले सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार घटना माघ २५ गते साँझको हो । सामान्य विरामि रहेकि पार्वती आफ्नो घरमा एक्कलै सुतिरहेका वेला आरोपि राजदेवले उनीसँग जवरदस्ती शारिरीक सम्बन्ध बनाउन खोजेका थिए । पार्वतीले हल्ला गर्न थालेपछि राजदेवले उनको मुख थुनेर जबरदस्ती करणी गरेको प्रहरीको आरोप छ ।

जबरदस्ती करणी पश्चात पिडित बालिकाले हो–हल्ला मचाउन खोजिन तर अभियुक्तले पिडितको शरिरमा चढि घुँडाले थिचेर कुर्ताको तुनाले घाँटि वेरी हत्या गरेको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी गराए । एसपी सिंहले भने, ‘कुर्ताको तुनाले पिडित बालिकाको घाँटि करिब १५ मिनेट सम्म थिचेर हत्या गरिएको हो ।’ घटना पश्चात आरोपि भने तत्कालै फरार भएका थिए । हत्या गरिएकी पार्वतीका वुवा वैदेशिक रोजगारमा छन् । घटनाको दिन पार्वतीको टाउको दुखि रहेका कारण उनकी आमा नजिकै रहेको पसलवाट औषधि किन्न गएकि थिइन । घटनाको झण्डै पाँच घण्टा पछि मात्रै प्रहरीले जानकारी पाएको थियो ।

पार्वतीको आमा फर्किदा छोरीलाई ओछयानमा अचेत अवस्थामा देखेपछि आफ्न्तजनलाई गुहारीन । तर परिवार भित्र सवैले घटनाको जानकारी पाएपछि उनीहरु भित्र भित्रै घटनालाई ढाकछोप गर्ने तर्फ लागेको एसपी सिंहको भनाई छ । ‘एक्कासी विरामि परेर पार्वतिको मृत्यु भएको भन्दै परिवारजनले गाउँमै उनको शवलाई जलाउन खोजेका थिए तर अन्तिम समयमा आईपुगेको पार्वतीकी मावली पट्टीका हजुर वुवा जिउँ तातैे नै छ, डाक्टर कहा लग्नुपर्छ भन्दै स्थानिय मेडिकल पसलमा ल्याएपछि घटना बाहिरिएको हो’ , घटनावारे जानकारी गराउँदै सिंहले भने, ‘बालिका मरिसकेको देखेपछि स्थानिय स्वास्थ्यकर्मीले विभिन्न वहाना वनाएर उनीहरुलाई लहान पठाए, त्यहि अस्पतालवाटै हामिले पनि जानकारी पायौ र अनुसन्धानमा जुट्यौ ।’

पार्वतीको शव पोष्टमार्टमकै क्रममा चिकित्कसहरुले हत्या अघि बलात्कार समेत भएको आशंका व्यक्त गरेका थिए । पछि पोष्टमार्टम रिर्पोटमा पनि त्यस्तै तथ्य फेला परेको प्रहरीको भनाई छ । पिडित परिवारनै घटनालाई ढाकछोप गर्न खोजेपछि अनुसन्धान गर्न समेत कठिनाई भएको वताउँदै एसपी सिंहले घटनावारे तथ्य, सबुत तथा प्रमाणहरु जुटाउँदै माघ २८ गते आरोपि राजदेवलाई लुकिछिपी वसिरहेको अवस्थामा घर आसपासवाटै पक्राउ गरिएको जानकारी गराए । आरोपि उपर जवरदस्ती करणी गरी कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता गरी हाल अनुसन्धान भईरहेको उनको भनाई छ ।

परिवारका एक सदस्यको त्यसै ज्यान गईसकेको अर्कोलाई पनि जोगाउ भन्ने मनसायका साथ मण्डल परिवारले घटनाको ढाक छोप गरिरहेको प्रहरीको आरोप छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘छोरी मर्न मरिसकिन, अव कुरा बाहिर आयो भने एकातिर समाजमा बदनामि हुन्छ भने अर्को तर्फ छोरालाई कारवाहि जस्ता समस्या देखाउँदै परिवारजन घटनाको ढाक छोपमा उद्धत देखिएका हुन् ।’

नेपाली समाज त्यसमा पनि तराई÷मधेश तिर देखिएको छोरा छोरी विचको विभेद, समाजिक प्रतिष्ठा गुम्ने त्रास लगायतका कारणले महिला तथा बालिकाहरु माथि हुने अधिकांश यौनजन्य हिंसाहरु अझै पनि ढाकछोप गर्ने परिपाटी रहिनै आएको समाजिक अभियन्ता तथा लेखिका करुणा झा वताउँछिन् । ‘आफ्नै घरमा हाम्रि छोरी, चेलीहरु सुरक्षीत छैनन्, यस्ता घटनाहरुले त सिंगो समाजलाई नै कंलकित तुल्याएको छ’, उनी भन्छिन्, ‘अरोपि दाजुले आफ्नै बहिनि माथि गरेको दुष्कर्म भन्दा कम दोषि घटनालाई ढाकछोप गर्न लागेका परिवारजन पनि छैनन्, प्रहरीले लगाएको आरोप सत्य हो हाम्रो समाजका लागि यो निकै चिन्ताजनक विषय हो ।’

दुई बर्षिय बालिका बलात्कृत
यता जिल्लाकै छिन्नमस्ता गाउँपालिका वस्ने एक दुई बर्षिय बालिकालाई जवरदस्ती करणी गरेको आरोपमा प्रहरीले एक १२ बर्षिय बालकलाई पक्राउ गरेको छ । विहिवार विहान सबा ११ बजे तिर आरोपि बालकले घर नजिकै खेल्दै गरेकि बालिकालाई जवरदस्ती करणी गरेको प्रहरीको आरोप छ । पिडित बालिकाको हाल राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको छ भने आरोपि बालक हाल प्रहरीको नियन्त्रणमा रहेको छ ।

त्यस्तै माघ ८ गते तिलाठी–कोईलाडी गाउँपालिका–७ मंसापुर वस्ने ११ बर्षिय एक बालिकालाई जवरदस्ती करणी गरिएको थियो । स्कुलवाट सरस्वतीपुजा मनाएर घर फर्किदै गरेकि बालिकालाई खेतमा लगि स्थानियले बलात्कार गरेको प्रहरीको भनाई छ । बलात्कारका आरोपि प्रहरी नियन्त्रणमा रहेका छन् यद्यपी अनुसन्धानमा फरक पर्ने भएकोले आरोपिको नाम भने सार्वजनिक गरिएको छैन ।

यता गत शनिवार अग्नीसाईर कृष्णा सवरण गाउँपालिकाकी एक तीन बर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक १३ बर्षिय बालकलाई पक्राउ गरी अनुसन्धान थालेका छन् । असार यता सप्तरीमा १७ वटा बलात्कारका घटनाहरु प्रहरीमा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । त्यस मध्यै ११ जना आरोपिहरुलाई पक्राउ गरी कारवाहि प्रक्रिया अगाडि बढाईएको छ भने तीन जना अभियुक्तहरु फरार रहेको प्रहरीको भनाई छ ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);