१० वर्षीया बालिकाको बलात्कारपछि हत्या, २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

१० वर्षीया बालिकाको बलात्कारपछि हत्या, २ जना पक्राउ

10 barsiye balika balatkar

धनुषा, २८ असोज । दशैंको मेला हेर्न गएकी १० वर्षीया बालिका मनिता यादवको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेका छन् । धनुषाको औरही गाउँपालिका २ परवाहाकी १० वर्षीया बालिका मनिता यादवको बलात्कार पछि हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सोही गाउँपालिका ५ का छिमेकी ३२ वर्षीय विनोद मुखिया र वडा नम्बर ३ पर्वाहाका ३० वर्षीय नथुनी पण्डित रहेका छन् । दुबै आरोपितले बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेको धनुषाका प्रहरी उपरिक्षक गोविन्द थपलियाले बताए।

मदिरा सेवन गरेका मुखिया र पंडितले मनितालाई चाँउचाँउ र १० रुपैयाँ दिँदै फकाएर लगेको र त्यस पश्छात बालिकाको बलात्कार पछि हत्या गरिएको प्रहरीले जनाएको छ ।

यता पिडित परिवारले भने आफ्नो छोरीको बलात्कार गरी हत्या गर्नेलार्ई फाँसी दिन माग गरेका छन् । शुक्रबार राति ९ बजे घर नजिकै रहेको दुर्गा मन्दिरमा मेला हेर्न गएकी मनिता रातभर घर नफर्केपछि आफन्तले प्रहरीमा उजुरी गरेपछि खोजतलाश सुरु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);