काभ्रेमा नौ वर्षीया बालिकाको बलात्कारपछि हत्या | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

काभ्रेमा नौ वर्षीया बालिकाको बलात्कारपछि हत्या

rape in kavre

काठमाडौं, १५ साउन । कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक साता नबित्दै राजधानीनजिकैको जिल्ला काभ्रेमा पनि त्यस्तै घटना घटेको छ । काभ्रेको तेमाल गाउँपालिका–१, देच्छेलिङ गुम्बापरिसरमा नौ वर्षीया बालिका एलिसा तामाङको बलात्कारपछि हत्या भएको सार्वजनिक भएको हो ।

असार २० गते राति मृत भेटिएकी तामाङको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनलाई प्रहरीले मुख तथा योनीमा घाउ भएको अवस्थामा मृत फेला पारेको थियो ।

साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–२, महुलियाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । साउन १३ गते पनि कलंकीकै एक युवतीलाई होटलमा बोलाएर बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरीका दुई जवान पक्राउ परेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);