कञ्चनपुरमा चार महिनाको अवधिमा ८ बलात्कारका घटना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कञ्चनपुरमा चार महिनाको अवधिमा ८ बलात्कारका घटना

rape

पुष्कर भट्ट
कञ्चनपुर, २० साउन
। कञ्चनपुरमा चार महिनाको अवधिमा ८ वटा बलात्कारका घटना भएका छन् । साउन महिनामा मात्रै चार वटा घटना घटेको छ । जसमध्ये दुई वटा बलात्कारपछि हत्या गरिएको छ । बलात्कारका घटना बढ्दै गएपछि सुरक्षाको माग गर्दै स्थानीय आन्दोलित भएका छन् ।

कञ्चनपुरमा चार महिनाको अवधिमा ८ वटा बलात्कारका घटना भएका छन् । जसमध्ये २ वटा बलात्कारपछि हत्या गरिएको छ भने चार वटा बलात्कारको प्रयास भएका छन् । साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महुलियाकी निर्मला पन्तको बलात्कारपछि हत्या भयो । उनको हत्यामा संलग्नहरु अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

त्यस्तै साउन ९ गते कञ्चनपुरमै शुक्लाफाँटा नगरपालिकामा एक २० वर्षिया महिला बालात्कृत भइन् । साउन १९ गते भिमदत्त १० जिमुवामा पाँच बर्षिया बालिकालाई हजुरबुवा नाता पर्ने लक्ष्मण कोलीले बलात्कारको प्रयास गरे । साउन ४ गते पुनर्वास नगरपालिकामा नौं वर्षिया बालिका बलात्कृत भईन् ।

असार २६ गते बेपत्ता भएकी कृष्णपुर नगरपालिका ८ शान्तिपुरकी १७ वर्षीया कविता लालझाडी संरक्षित वनभित्रको अमखैया खोलामा मृत अवस्थामा फेला परिन् । उनको पनि बलात्कारपछि हत्या भएको थियो । साउन १ गते ३९ वर्षिया महिला माथि पुनर्वास ६ परासनका ३० वर्षिया नरेश रानाले बलात्कारको प्रयास गरे ।

बैशाखमा भीमदत्त नगरपालिका १० जिमुवामा दुई बालिका बलात्कृत भए । त्यस्तै वैशाखमै कृष्णपुर नगरपालिकाकै एक पुरुषले आफ्नै १४ वर्षीया छोरीको बलात्कार गरे ।

बलात्कारका घटना बढ्दै गएपछि सुरक्षाको माग गर्दै आमा समूह, विद्यार्थी र स्थानीयले बलात्कारका घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आइतबार बजार बन्द गराएका छन् ।

बलात्कारका घटनामा संलग्नहरुलाई कारबाही नभएको स्थानीयले गुनासो गरेका छन् । बलात्कारमा संलग्नहरुलाई तत्काल पक्राउ गरि कडा कारबाही गर्न उनीहरुले माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);