चितवनमा ६ महिनाभित्र १६ बलात्कारका घटना | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

चितवनमा ६ महिनाभित्र १६ बलात्कारका घटना

rape chitwan

चितवन, १७ असार । चितवनमा पछिल्लो समय बलात्कारको घटना बढ्दै गएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेक चितवनले हालै सार्वजनिक गरेको तथ्यांकले छ महिनाभित्र १६ वटा बलात्कारका घटना भएको देखाएको हो ।

तीमध्ये १३ वटा बलात्कारका घटनामा १८ वर्षमुनीका बालिकाहरु पीडित भएका छन् भने तीन जना १८ वर्ष माथीका महिलाहरु रहेका छन् । त्यस्तै, दुई बालकामाथी यौन दुव्र्यवहार भएको तथा पाँच जना महिलामाथी बलात्कार प्रयास भएको ईन्सेक प्रतिनिधि दिपेन्द्र अधिकारीले बताए ।

छ महिनाको अवधिमा चितवनमा तीन वटा हत्या, चार वटा बेचबिखन, पाँच वटा बहुविवाह र एक सय ३१ वटा घरेलु हिंसाको घटना प्रहरीमा दर्ता भएको अधिकारीले बताए ।

बालिग युवतीसँग सहमतिमा शारीरिक सम्बन्ध हुने र पछि पारिवारिक कारणले बलात्कारका घटनाको रुप दिने तथा साना बालिकाहरुमाथि यौन दुव्र्यवहारका घटना समेत चितवनमा बढ्दै गएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार संरक्षण केन्द्र सञ्चालन गरेका व्यक्तिहरुले नै महिलामाथी दूव्र्यवहार गर्ने गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);