बारामा तीन वर्षमा ९० बलात्कारका मुद्दा दर्ता (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बारामा तीन वर्षमा ९० बलात्कारका मुद्दा दर्ता (भिडियोसहित)

बारा, २८ असोज । बारा जिल्लामा वर्षैपिच्छे बलात्कारका घटना बढ्दै गईरहेको छ । जिल्लामा पछिल्लो ३ वर्षमा ९०बलत्कारका मुद्दा दर्ता भएका छन् । चालू आर्थिक वर्षको हालसम्म ५ वटा मुद्दा प्रहरीमा दर्ता भएको छ। जनप्रतिनिधिको मिलेमतोमा गाँउमै मुद्दा मिलाउने प्रवृत्तिले प्रहरी कहाँ कमै मुद्दा पुगेको पाइन्छ ।

जिल्ला प्रहरी कार्यालय बारामा आर्थिक वर्ष २०७६-७७ मा ४४ वटा जबर्जस्ती करणी मुद्दा दर्ता भएका छन् । जसमा ३१ प्रक्राउ परेका छन् । १५ जना फरार रहेका छन् ।

चालु आर्थिक वर्ष २०७७-७८ को असोज तेस्रो हप्तासम्ममा बारामा ५ जबर्जस्ती करणी मुद्दा दर्ता भईसकेका छन् ।जसमा ३ जना प्रक्राउ परेका छन् । २ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय बाराको तथ्याङ्कमा उल्लेख छ ।

आर्थिक वर्ष २०७५-७६ मा यो संख्या बढेर ३३ पुगेको छ । जसमा २९ जना प्रक्राउ परेका छन् ,१८ जना अझै फरार छन् । आर्थिक वर्ष २०७४-७५ मा १३ वटा जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ । जसमा १२ जना प्रक्राउ परेका छन् भने तीन जना अझै फरार रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);