यातायात सञ्जाल जोडिएसँगै ज्यामिरेबासीको दैनिकी व्यस्त | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

यातायात सञ्जाल जोडिएसँगै ज्यामिरेबासीको दैनिकी व्यस्त

sadak-jyamire

प्रकाश नेपाल
पाल्पा, १७ असार
। पाल्पाको निस्दी गाउँपालिकास्थित ज्यामिरेका स्थानीयको दैनिकी आजभोलि फेरिएको छ । गाउँमा यातायात सञ्जाल जोडिएसँगै ज्यामिरेबासीको दैनिकी व्यस्त बनेको हो ।

कुनै समय घर कहाँ हो भनेर सोध्यो भने पाल्पाको ज्यामिरे भन्न यहाँका स्थानीय नाक खुम्च्याउँथे । किनकि, भौगोलिक रुपमा अत्यन्तै विकट र पिछडिएको ठाउँ थियो ज्यामिरे । तर, आज भोली विहान घरबाट तानसेन होस् या बुटवल बिहान पुगेर बेलुका घर फर्कन पाउँदा ज्यामिरेबासी हर्षित छन् । उनीहरुको दैनिकी नै फेरिएको छ ।

सडक सञ्जालसँग गाउँ जोडिएपछि ज्यामिरेका किसानहरुले आवज जावत गर्न मात्र नभई आफुले उत्पादन गरेको कृषि उपजलाई बजारसम्म सहज रुपमा पुर्‍याउन पाएका छन् । जसले गर्दा कृषकहरुको जिवनस्तरमा समेत परिवर्तन आएको छ ।

ज्यामिरेको भुटुके बतासा जस्ता ठाउँका किसानले उत्पादन गरेको अदुवा, पिडालु, तरुल, अम्लिसो, तेजपात, वेसार, दालचिनी, बोकेर बजार पु¥याउँदा ज्याला पनि कठिनले उठ्ने गथ्र्यो । आज भोली आफ्नै घर आगँन छेउबाट मोटरमा राखेर अरुणखोला,दुम्कीबास सम्म पुर्‍याउन पाउदा कृषकहरुलाई निकै सहज भएको छ ।

नेपालकै सबैभन्दा ठूलो होङसी सिमेन्ट उद्योगको कच्चा पदार्थ चुन ढुंगा ढुवानीका लागि नेपाल सरकारले उद्योग पहुँच मार्ग निर्माण गरेपछि यो गाउँ सडक सञ्जालसँग जोडिएको हो । नवलपुर जिल्लाको विनयी त्रिवेणीमा उद्योग स्थापना गरी ज्यामिरेको भुटुके सम्म सडक निर्माण कार्य पुरा भए पछि सिमेन्ट उद्योगका लागि मात्र नभई पूर्वखोला निस्दी गाउँपालिका र रामपुर नगरपालिकालाई तराई सम्म जोड्ने मुख्य मार्गका रुपमा स्थापित भएको स्थानिय बासिन्दाहरु बताउछन् ।

पूर्व पश्चिम मुख्य राजमार्ग देखि ज्यामिरेको भुटुके सम्मको ३९ किलोमिटरको सडकमा गत बर्ष देखि नै यातायातका ठूला साधनहरु सञ्चालनमा आएका हुन् । सडक कार्यालयका सुचना अधिकारी पवित्रमणी आचार्यका अनुसार सडकबाट यस क्षेत्रका १० हजार भन्दा बढी जनता प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।

सडकको स्तरउन्नती र खोलामा पक्की पुलको निर्माण पश्च्यात यस सडक खण्डमा बाह्रै महिना सवारी साधनहरु सञ्चालनमा आउनेछन् । सडक नभएका कारण विगतमा कर्णाली भनिने गाउँलाई सडकले सम्वृद्धि तर्फ डो¥याउने स्थानीय बासिन्दाहरुले अपेक्षा गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);