राडिपाखी : निषेधाज्ञामा जुम्लीको गतिलो कमाई | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

राडिपाखी : निषेधाज्ञामा जुम्लीको गतिलो कमाई

सपना रावत,

जुम्ला । जुम्ला जिल्लाको सिँजा गाउँपालिका वडा नम्बर ६ का रामसिँह रावत सबेरै उठ्छ्न् । उठेर चिया नास्ता लगत्तै उनको दैनिकी सुरु हुन्छ । अनि दिनभरी एकै ठाउँमा बसेर मानौ हातकै लागी कसरत गरेझैं एकछिन नभनी चाँद सँगै खेल्छन् । उनको काम हो भेडाको ऊन बाट राडिपाखी बन्नु ।

नेपालको पहाडी जिल्ला जहाँ भेडापालन गरिन्छ, त्यहाँ भेडाको ऊन बाट राडिपाखी बुन्ने गरिन्छ । राडिपाखी ऊन बाट बनाइने एक प्रकारको काम्ला जस्तै हुन्छ । जसलाई स्थानिय भाषामा राडिपाखी भनिन्छ । धार्मिक हिसाबले पनि राडिपाखि धेरै नै महत्वपूर्ण मानिने गर्छ । यो तुलनात्मक रुपमा पनि बढी तातो हुन्छ ।

स्थानिय रामसिँह रावतले मात्रै देखि चाँद चलाउन र राडिपाखी बन्न सिकेका हुन् । अन्य बेला भारतमा गएर कमाइ ल्याउने उनको दैनिकी लकडाउनले फेरिएको हो । त्यसो त गाउँघरका मानिस पुरै फुर्सदिला भएर यो काम गरेका होइनन् । उनी भन्छन्, गाउँघरमा कहिले पो फुर्सद मिल्छ र रु हाम्रो त वर्षदिन नै काम हुन्छ । तर निषेधाज्ञामा घरमै बसेर काम गर्न सकिने र आम्दानी पनि राम्रै हुने भएकोले राडिपाखी बुन्ने गरेकोले उनले सुनाए ।

उनी मात्र होइन, उनका गाउँमा भएका अन्यले पनि आजकाल राडिपाखी बुनेरै दैनिकी चलाउने गर्छन् । अर्का ५७ वर्षीय स्थानीय बाच्या रावत पनि आजकाल राडिपाखी बुन्ने गर्छन् । उक्त राडीपाखी किन्नको लागि ब्यापारिहरु गाउँ गाउमै पुग्ने गर्छन् । यसको मूल्य पनि राम्रै पाइने भएकोले यसप्रति आफू आकर्षित भएकोले उनी बताउछन् । रावतका अनुसार एक राडिपाखिको मूल्य कम्तिमा ४५ सम्म व्यापारीहरु घरमै आएर किन्ने गरेका छन् ।

स्थानिय उत्पादन राडिलाखीको मूल्य सुन्दा साच्चिकै लोभलाग्दो छ । तर एक राडिलाखी बुन्न पाँच दिन लाग्ने गरेको बाच्या रावतले सुनाए । ‘चार दिन लगाएर बल्ल एउटा राडिपाखी तयार हुन्छ, हातको काम बढी हुनाले हात, खुट्टा र शरीर दुख्छ’, उनले भने ।

सिँजा गाउँपालिका बाट प्राय पुरुष काम गर्न भारत पुग्ने गरेको वडा नम्बर ६ कि वडा सदस्य कन्नी रावतले बताइन् । तर अहिले कोरोनाको कारणले सबै आफ्नो गाउँघर फर्किएकाले घरमै बस्नु परेको र घरमै भेडापलनले ऊन पनि प्रशस्तै पाइनाले यसप्रति आकर्षित भएको वडा अध्यक्ष काली बहादुर बुढाले बताए ।

स्थानिय उत्पादन भएकोले सबै स्थानिय सरकाले पनि राडिपाखीलाई व्यवसायीक रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);