भेडाकाे ऊनबाट आत्मनिर्भर बनाउन किसानलाई सीप प्रदान  | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०७९, शुक्रबार

भेडाकाे ऊनबाट आत्मनिर्भर बनाउन किसानलाई सीप प्रदान 

जुम्ला । तातोपानी गाउँपालिका- ७ सर्मी किसानलाई मेसिनबाट राडीपाखी बुन्ने सीप प्रदान गरिएको छ । त्यहाँका स्थानीयको आम्दानीको स्रोत भेडापालन भएकाले उनीहरूलाई भेडाकाे ऊनबाट आत्मनिर्भर बनाउनका लागि सिप प्रदान गरिएको हो ।

भेडाको ऊनबाट राडीपाखी, स्वीटर, पाखेकोट, मफ्लर, लिउ लगायतका सामाग्री बनाउने सिप प्रदान गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले बताए । उनले भने, ‘यसअघि यी सबै सामाग्री बुन्नको लागि पुरानो परम्पराको चाँद प्रयोग हुँदै आएको थियो । 

एक राडीपाखी,लिउ र पाखेकोट बुन्न करिब एक हप्ताको समय लाग्ने गरेको थियो । प्रमुख देवकोटाका अनुसार कर्णाली प्रदेश सरकार उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले मेसिन उपलब्ध गराएर मेसिनबाट राडीपाखी बुन्ने सीप दिएपछि निकै राहत भएको छ  ।

मेसिनबाट राडीपाखी बुन्ने सीप २१ जनाले सिकेका छन् । उनीहरूले प्रमाणपत्र समेत पाइसकेका छन् ।  राडीपाखी बुनेर आत्मनिर्भर हुन प्रेरित गरेको तातोपानी गाउपालिकाका अध्यक्ष नवराज न्यौपानले भने,‘अब राडीपाखी पर्याप्त बुनेर बजारसम्म लैजाने वातावरण बनाउँछौ ।’

हातले राडीपाखी बुन्दै आइरहेका तातोपानी गाउँपालिका-७ सर्मीगाउँका स्थानीय चन्द्रबहादुर कुँवर मेसिनले राडीपाखी बुनेर आत्मनिर्भर बन्ने सपना बोकेको बताए । प्रशिक्षक धनपति बुढाले अझै पनि जुम्लामा कच्चापदार्थको समस्या छ ।

Leave a Reply