कुन्जाङ पुटिक तामाङ बनिन् उत्कृष्ट उद्योमी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कुन्जाङ पुटिक तामाङ बनिन् उत्कृष्ट उद्योमी

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–२ की कुञ्जाङ पुटिक लामाले उत्कृष्ट उद्यमी  पुस्कार पाएकी छन । उनी जुम्लाबाट उत्कृष्ट उद्यमी   बनेकी हुन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले उनलाई जिल्लाकै उत्कृष्ट उद्यमीका रुपमा सम्मानित समेत गरेको  छ ।  लामो समयदेखि तामाङले झोला तथा राडी पाखी उद्योग सञ्चालन गर्दै आएकी छन् । 

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रकृष्णा देवकोटाले अध्ययनमा तामाङको उद्योग जिल्लाकै उत्कृष्ट भएको बताए । उत्कृष्ट उद्यमी बनेकी तामाङलाई एक लाख रुपैयाँ  नगदसहित सम्मान पत्रले सम्मान गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर साकी र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले संयुक्त रुपमा उनलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए । 

तामाङले  झोला, राडीपाखी, गलबन्दी, मोजा, लिउ, कालो कम्मल लगायतका सामाग्री उत्पादन गर्दै आएकी छन्  । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);