तिलोत्तमा नगरले २० जनालाई उत्कृष्ट उद्यमी घोषणा गर्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

तिलोत्तमा नगरले २० जनालाई उत्कृष्ट उद्यमी घोषणा गर्यो

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले उत्कृष्ट २० उद्यमी घोषणा गर्दै सम्मान गरेको छ । तिलोत्तमामा उद्योग सञ्चालन गरेर उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउनले २० उद्यामीलाई बुधबार नगरपालिकाले सम्मान गरेको हो ।

नगरपालिकाले उद्यमशील तिलोत्तमाको परिकल्पनासहित दायित्व नामक संस्थासँग सहकार्य गरी नगरप्रमुख ग्रामीण उद्यम द्रुतीकरण कार्यक्रम सञ्चालन गरेको थियो । सोही अन्तर्गत २० जना उद्यमीलाई छनोट गरी सम्मान गरेको नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बताए । 

उद्यम द्रुतीकरण कार्यक्रम अन्तर्गत गत १९ चैतमा आवेदन माग गरिएकोमा एक सय २५ जनाले आवेदन दिएका थिए । त्यसमध्ये ४० जनालाई सम्भावित उत्कृष्ट उद्यमीको रुपमा छनोट गरिएको थियो । ४० जनामध्येबाट नगरपालिकाले तोकेको मापदण्डका आधारमा २० जनालाई उत्कृष्ट घोषणा गरेको नगरप्रमुख घिमिरेको भनाइ छ । 

उत्कृष्ट उद्यमी छनोटका लागि तिलोत्तमा नगरपालिकाका कृषि शाखा प्रमुख दोमलाल भुसालको संयोजकत्वमा, कृषि विकास बैंक, मंगलापुरका वरिष्ठ शाखा अधिकृत, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम तिलोत्तमाका संयोजक देवेन्द्र ज्ञवाली, कृषि प्राविधिकहरू अस्मिता भण्डारी र विन्दु रायमाझी सदस्य रहेकाे पाँच सदस्सीय अवलोकन तथा मूल्यांकन समिति गठन गरिएको थियो ।

ति २० उद्यमीलाई अब थप तालिम प्रदान गरिने र त्यसमध्ये भोटिङको आधारमा १० जना उत्कृष्ट छनोट हुनेछन् । नगरप्रमुख घिमिरेका अनुसार छनोट भएका १० जनाले २५–२५ हजारका दरले बीचकोष प्राप्त गर्नेछन् । त्यस्तै १० उद्यमीबीचको प्रतिस्पर्धाका आधारमा एक जनालाई सर्वोत्कृष्ट घोषणा गर्दै एक लाख पुरस्कार दिइनेछ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);