बेसीशहर नगरपालिकका उत्कृष्ट २० जना कृषक पुरस्कृत   | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

बेसीशहर नगरपालिकका उत्कृष्ट २० जना कृषक पुरस्कृत  

लमजुङ। बेसीशहर नगरपालिकाले नगरभित्रका उत्कृष्ट २० जना कृषकलाई सम्मान तथा पुरस्कृत गरेको छ । नगरपालिकाले आर्थिक बर्ष ०७८र ०७९ को कार्यक्रमबाट ‘उत्कृष्ट मेयर सम्मान तथा पुरस्कारस्वरुप शुक्रबार २० जना कृषकलाई सम्मानपत्र तथा नगर जनही १०१० हजारबाट पुरस्कृत गरेको हो ।नगरपालिका कृषि शाखा र पशुपंक्षी तथा मत्स्य विकास शाखाको कार्यक्रमबाट सम्मान तथा पुरस्कृत हुनेमा तरकारी खेती, बाख्रापालन, भैसी पालनतर्फ, घुम्ति गोठ भेडा पालन, सुँगुर पालन र मौरीपालनमा उत्कृष्ट गर्ने किसानलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको हो । सम्मान तथा पुरस्कृत हुनेमा वडा नम्बर १ बाट देविमाया खवास, गुणराज दवाडी, सिताराम लोहनी, वडा नम्बर २ बाट दिपक पराजुली, दिपेन्द्र बोहरा, ज्ञानेन्द्र बोहरा, हिरासिंङ गुरुङ, गणेश खत्री, वडा नम्बर ३ बाट लक्ष्मी थापा, वडा नम्बर ६ बाट विश्वराज थापा, वडा नम्बर ७ बाट सुरज पौडेल, वडा नम्बर ८ बाट मानध्वज आलेमगर, लक्ष्मी पौडेल, वडा नम्बर ९ बाट कालीमाया घर्ती, शोभा खत्री, वडा नम्बर १० बाट जितबहादुर गुरुङ, बुद्धिराम गुरुङ, ज्योती राउत र वडा नम्बर ११ बाट दुर्गाबहादुर अधिकारी र  रामजी पाण्डे छन् ।

कार्यक्रममा नगर प्रमुख गुमानसिंह अर्यालले सीमित साधान र स्रोतका बाबजुद पनि नगरपालिकाले कृषि र पशुपालनको क्षेत्रका नतिजा देखिने गरी काम गर्दै आएको बताए ।  किसानहरुको मनोबल बढाउन सम्मान तथा पुरस्कृत गरेको उनको भनाई थियो ।  नगरप्रमुख अर्यालले किसानहरुको हित र ब्यबसाय प्रर्वद्धन गर्ने उदेश्यले आगामी बर्ष कृषि एम्बुलेन्स र हाट बजार सञ्चालन गर्न लागिएको बताए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);