हावाहुरी र वर्षाका कारण मधेश प्रदेश सभाको वार्षिकोत्सव कार्यक्रम स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

हावाहुरी र वर्षाका कारण मधेश प्रदेश सभाको वार्षिकोत्सव कार्यक्रम स्थगित

जनकपुरधाम । हावाहुरी र वर्षाका कारण मधेश प्रदेशको प्रदेश सभाको चौथो वार्षिकोत्सवको कार्यक्रम स्थगित भएको छ ।

शुक्रबार बिहानदेखि नै मधेश प्रदेशका जिल्लाहरूमा हावाहुरीका साथै वर्षा भएकोले प्रदेश सभा सचिवालयले सार्वजनिक कार्यक्रमका लागि बनाएको मञ्च नै पटक पटक बिगारेपछि कार्यक्रम नै स्थगित गरिएको हो । 

प्रत्येक वर्ष जस्तै यस वर्ष पनि सभाको वार्षिकोत्सवमा प्रदेश सभा सदस्यहरूलाई पुरस्कृत तथा  सम्मान गर्ने कार्यक्रम राखिएको थियो । वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको विभिन्न खेलहरूमा विजेता सांसदहरूलाई पुरस्कृत तथा सम्मान कार्यक्रम रहेको थियो ।

त्यसैगरी, सभामा उत्कृष्ट भूमिका निर्वाह गर्ने सांसद र कर्मचारीलाई ५० हजारको दरले पुरस्कृत गर्ने कार्यक्रम रहेको मा सहभागी सांसदहरूलाई सभामुख सरोज कुमार यादवले बताए । 

मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा सांसद तथा मन्त्रीहरू आए पनि हावाहुरी र वर्षाका कारण कार्यक्रम स्थगित भएपछि उनी घर फर्केका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);