जीतपुरसिमराको नगर सभा विषय प्रवेश नगरी पुनः स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

जीतपुरसिमराको नगर सभा विषय प्रवेश नगरी पुनः स्थगित

बारा। बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको छैठौं नगर सभा पुनः सुरु नै नभई स्थगित भएको छ । बकुलिया क्याम्पसको सभाहलमा सोमबार आयोजना गरिएको सभा विषय प्रवेश नगरी दोस्रो पटक स्थगित भएको हो ।दलीय प्रतिनिधित्व हुने गरी वडाध्यक्षसहित प्रमुख र उपप्रमुखसँग बसेको बैठकमा छलफल गरेर नै आजको नगरसभा स्थगित गर्ने निर्णय गरेको थियो । तर सहमति अनुरूप अर्को मिति तोकेर नगरसभा गरिनु पर्ने भएता पनि नगरसभा राष्ट्रिय गान बजार सुरु भएलगत्तै नगर प्रमुख राजन पौडेलले गणपूरक संख्या नपुगेको भन्दै सभा स्थगित भएको घोषणा गरे।यसअघि १० गते बसेको बैठक समेत सुरु नै नभई स्थगित भएको थियो । कार्यपालिका बैठकमा छलफलनै नगरी नीति तथा कार्यक्रम र वडा सिलिङ ल्याउन खोजिएको भन्दै वडाध्यक्ष र कार्यपालिका सदस्यले विरोध जनाएपछि सभा सुरु हुन सकेको थिएन । नगर सभामा प्रस्तुत हुनुअघि नीति तथा कार्यक्रम र वडा सिलिङको विषयमा छलफल हुनुपर्ने वडाध्यक्ष र कार्यपालिका सदस्यको भनाई थियो ।

सभा सुरु हुनुअघि वडाको नीति तथा कार्यक्रम र वडाको बजेट निर्धारण गर्न प्रमुख पौडेलसँग आग्रह गरेका वडाध्यक्ष र कार्यपालिकाले त्यसपछि मात्रै सभालाई अघि बढाउन माग गरेका थिए । सोही अनुसार आज बिहान १० बजेबाट वडाध्यक्ष र कार्यपालिका सदस्यको मागका विषयमा छलफल भएको थियो त्यसपछि केहिदिनमा कार्यपालिकाको बैठक गरेर त्यसको टुंगो लगाएर मात्रै नगरसभा गर्ने सहमति भएको थियो । नगरसभा सदस्यहरू समेत आज नगरसभा नहुने पक्का भएपछि घर फर्किएका थिए तर नगरप्रमुख पौडेलले नगरसभा सञ्चालन नियमावलीको प्रावधान अनुसार चौथो बैठकमा २५ प्रतिशत पुराउने हेतुले दोस्रो पटक समेत नगरसभामा गणपूरक नपुगेको भन्दै स्थगित गरे ।उपमहानगरपालिकाले ल्याउन नीति तथा कार्यक्रम सबै क्षेत्रलाई सम्बोधन गर्ने गरी आउनुपर्ने भएका कारण छलफल हुनुपर्ने वडाध्यक्ष र कार्यपालिका सदस्यको माग थियो । तर, नीति तथा कार्यक्रमको विषयमा कार्यपालिका बैठकमा छलफल हुन नपाएपछि वडाध्यक्षले असन्तुष्टि जनाउँदै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);