सिजा क्षेत्रका बजारबाट ६० हजार बाराबरको अखाद्य वस्तु नष्ट | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

सिजा क्षेत्रका बजारबाट ६० हजार बाराबरको अखाद्य वस्तु नष्ट

जुम्ला । जुम्लाका  सहायक प्रमुख जिल्ला अधिकारी प्रर्मिला रिजालको  नेतृत्वमा  बुधबार गएको अनुगमन टाेलीले बरामद गरेकाे ६० हजार रूपैयाँ बराबरको  अखाद्य वस्तु नष्ट गरेकाे छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाका अनुसार जिल्ला सदरमुकामदेखि टाढा रहेका बजारमा अखाध्य वस्तु बिक्री भइरहेकाे गुनासाे आएपछि अनुगमन गरिएकाे हाे । साे क्रममा पसलहरूमा म्याद सकिएका समानहरू फेला परेका हुन् ।

अनुगमन टाेलीले जुम्लाको सिंजा क्षेत्रमा पर्ने कनकासुन्दरी गाउँपालिकास्थित गोठीज्यूलाका १४ वटा पसलबाट म्याद सकिएका सामान बरामदपछि नष्ट गरेको हाे  । कर्णाली राजमार्ग अन्तर्गत नाग्म गमगढी राजमार्गमा पर्ने गोटीज्युला बजारमा प्रहरी प्रशासन, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्ला, कनकासुन्दरी गाउँपालिका जनप्रतिनिधि र पत्रकारको छड्के अनुगमन गर्दा म्याद नाघेका अखाद्य वस्तु तथा सामान ठुलो मात्रामा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी  रिजालले बताइन् । उनले भनिन्, ‘व्यवसायीले तीन वर्षदेखि म्याद नाघेका खुद्रा सामग्रीहरू बेचिरहेका रहेछन् ।’ उनल उपभोतालाई पनि सचेत हुन आग्रह गरेका छन् । 

अनुगमन टाेलीले गोटिज्यूला बजारका खुद्रा पसलबाट म्याद नाघेका चाउचाउ, बिस्कुट, चक्लेट, पेय पदार्थलगायत बरादम गरी नष्ट गरेकाे हो । ‘चाउचाउ मात्रै ५८  कार्टुन नष्ट गरिएकाे छ ।’ खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय जुम्लाका प्राविधिक साहयक भरत रोकायाले भने । उनका अनुसार बालबालिकाले प्रयोग गर्ने मिठाई समेत म्याद नाघेका फेला परेका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);