अखाद्य बस्तुको प्रयोगले बालबालिका बिरामी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

अखाद्य बस्तुको प्रयोगले बालबालिका बिरामी

जुम्ला । अखाद्य वस्तुको प्रयोगका कारण जुम्लाका निजीस्कुलमा अध्ययनरत बालबालिका बिरामी भएका छन् । पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका-५ देपालगाउँस्थित हिमाली बोर्डिङ स्कुलका विद्यार्थीले म्याद नाघेको ट्याङजुस खादा बिरामी परेका छन् ।

व्यापारीले जथाभाबी म्याद नाघेका अखाद्य वस्तु विक्रीवितरण गर्ने गरेका छन् । त्यही म्याद नाघेका अखाद्य बस्तु म्याद नाघेको ट्याङजुस खादा त्यहाँ अध्ययनरत बालबालिका बिरामी परेका हुन् ।

यहाँका ग्रामीण क्षेत्रतिर सञ्चालनमा रहेका साना बजारमा म्याद नाघेका अखाद्य वस्तु बढी पाइने गरेको छ । स्थानीय तहलाई बजार अनुगमन गर्ने र अखाद्य बस्तु नियमन गर्ने अधिकार भए पनि यस्ता विषयमा जनप्रतिनिधिले त्यति चासो दिने गरेको पाइँदैन । जसले गर्दा सहजै रूपमा नागरिकको भान्सामा अखाद्य वस्तु पुग्ने गरेको छ ।

त्यस्तै हिमाली बोर्डिङ स्कुलका प्रिन्सिपल मन्जील गिरीका अनुसार विद्यार्थीले म्याद नाघेको ट्याङजुस खाएका रहेछन् । उनले भने,‘पानीमा पनि केही समस्या हो कि भन्ने आशंका भएपछि पानी परीक्षण पनि गर्न थालिएको छ । त्यहाँ अध्ययनरत २६० मध्ये २५ जना विद्यार्थी बिरामी भए ।’

विद्यार्थीको पेट दुख्ने, टाउको दुख्ने समस्या देखिएको उनले बताए । उनले बुधबारदेखि आउँदो आइतबारसम्म विद्यालय बन्द गरिएको बताए ।

म्याद नाघेको ट्याङजुस अखाद्य बस्तु खाएपछि विद्यार्थी बिरामी परेको गुठीचौर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बालराम नेपालीले बताए । उनले औषधि खुवाएपछि अवस्था सामान्य भएको जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);