बैतडी सदरमुकाममा दोस्रो पटक बजार अनुगमन | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

बैतडी सदरमुकाममा दोस्रो पटक बजार अनुगमन

काठमाडौं, १६ असोज । जिल्ला प्रशासन कार्यालय बैतडीको नेतृत्वमा सदरमुकाममा दोस्रो पटक बजार अनुगमन गरिएको छ । दशैँ तिहारलाई लक्षित गरेर प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको नेतृत्वमा संयुक्त बजार अनुगमन गरिएको हो । अनुगमनका क्रममा किराना पसल होटल तथा मेडिकलहरुको बिक्रीवितरण अवस्था र नागरिकहरुले पाएका सेवावारे थप जानकारी लिइएको थियो ।

टोलीले गडी, गोठालापानीका ५९ पसलमा अनुमगन गर्दा म्याद नाघेका केही बस्तु बरामद गरी नष्ट गरिएको छ । अनुगमनबाट ६० हजार बरावरको अखाद्य वस्तु वरामद गरी नष्ट गरिएको छ ।

अनुगमन समितिले म्याद सकिएका र अखाद्य वस्तु विक्री नगर्न र सबैले देखिने ठाउँमा मुल्य सूची राख्न व्यापारीहरुलाई सुझाव समेत दिएको छ । यस्तै गरेर अस्पतालहरुको पुर्जा अनुसार मात्र मेडिकलहरुले औषधी बिक्री वितरण गर्ने सुझाव दिईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);