एलपी ग्यासको सट्टा बायो ग्याँसको प्रयोग गर्न नगरपालिकाको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एलपी ग्यासको सट्टा बायो ग्याँसको प्रयोग गर्न नगरपालिकाको आग्रह

bio gas jhapa

सुरेन्द्र भण्डारी
झापा, १६ असोज । बिर्तामोड नगरपालिकाले खाना पकाउने एलपी ग्यासको सट्टा गोवर ग्यासको प्रयोग गर्न नगरवासीलाई आग्रह गरेको छ । एलपी ग्यास भन्दा सस्तो र स्वास्थ्यका दृष्टिकोणले समेत बढी लाभदायक हुने भन्दै बिर्तामोड नगरपालिकाले नगरवासीलाई बायो ग्याँस प्रयोग गर्न आग्रह गरेको हो ।

एलपी ग्याँसको तुलनामा फाइदा हने भन्दै झापा विर्तामोड नगरपालिकाले नगरवासीलाई गोवर ग्याँस प्रयोग गर्न आग्रह गरेको छ । समय– समयमा एलपी ग्याँसको अभाव भइरहने वास्तविकताबीच नगरपालिकाले बिर्तामोडका बासीलाइ प्रोत्साहन गर्न पशुपाल्ने कृषकहरुको घर– घरमा अहिले निःशुल्क गोवर ग्यासका प्लान्ट जडान गरिरहेको छ । यो संगै अब खाना पकाउन एलपी ग्यासको अभाव ब्यहोर्नु नपर्ने विर्तामोड नगरपालीकाले विश्वास लिएको छ ।

नगरपालीकाले गत आर्थिक वर्षमा एकसय घरमा खाना पकाउने एलपी ग्यासको सट्टा गोवर ग्याँसका प्लान्ट जडान गरेको थियो । गोबर ग्याँस राख्न धेरै कृषकले चासो देखाएपछि यस आर्थिक वर्ष थप दुई सय घरमा निःशुल्क गोबर ग्यास प्लान्ट जडान गर्न शुरुगरेको बिर्तामोड नगरपालिका प्रमुख ध्रुबकुमार शिवाकोटीले बताउनुभयो ।

नगरप्रमुख शिवाकोटीले पशुपालन गर्ने कृषकका लागि नगरपालिकाले गोवर ग्याँस जडान गर्न विशेष पहल गरेको र पशुपालन व्यवसायलाई समेत प्रोत्साहन गर्दै अनुदानका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । नेपाल वायो ग्याँस प्रवद्र्धन संघ प्रदेश नम्वर १ ले बिर्तामोड नगरपालिकामा नै पहिलो पटक इजरायली मोडलको वायो ग्यास जडान शुरु गरेको छ ।

boi gas jhapa1

सात घन मिटरको गोवर ग्याँस प्लान्ट नेपालमा पहिलो हुने र १५ वर्षसम्म वारेन्टी रहने नेपाल वायो ग्याँस प्रवद्र्धन संघ प्रदेश नम्वर १ का सचिव तथा लोक कल्याण गोवर ग्यास कम्पनी प्रालिका कार्यकारी अध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिनुभयो । दुई घण्टामै यो प्लान्ट जडान गर्न सकिने र यो प्रविधिले कृषकलाई अन्य ग्याँसको तुलनामा विशेष फाइदा पुग्ने पनि बताउनुभयो ।

२० हजार रुपैयाँमै यो प्लान्ट जडान गर्न सकिने र एक पटक गोबर भरेपछि चार घण्टासम्म नियमित ग्याँस चलाउन सकिने बताइएको छ । बायोग्याँसको प्रयोगले नगरवासीलाई आर्थिक भार कम हुने भएको छ भने नगरवासीले पनि यसको प्रयोगले आफुहरुलाई फाइदा हुने अपेक्षा गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);