खाना पकाउन ग्याँस भन्दा विद्युत सस्तो ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

खाना पकाउन ग्याँस भन्दा विद्युत सस्तो !

induction stove

काठमाडौं, २३ मंसिर । नेपाल आयातमा कति परनिर्भर छ भन्ने कुरा भान्सामा पाक्ने तरकारी र खाद्यन्नमा मात्र छैन बल्ने चुल्होमा पनि त्यति नै परनिर्भर देखिन्छ । खाना पकाउने ग्याँसमा नेपाल पूरै परनिर्भर छ । नेपालमा वर्षेनी ४२ अर्ब बढीको एल पि ग्याँस आयात हुने गरेको छ । ग्याँसमा भन्दा विद्युतमा खाना पकाउन सजिलो र सस्तो हुँदा पनि यति ठूलो परिमाणमा ग्याँस आयात हुनुले नेपालको आत्मनिर्भर हुने कार्यक्रम माथि नै प्रश्न उठाएको छ ।

नेपाल विद्युत प्राधिकरणले विद्युतको खपत बढाउन सर्वसाधारणलाई अपिल गर्दै आएको छ । लोडसेडिङ मुक्त गर्न सफल भएको प्राधिकरण अब स्वदेशी उत्पादन बढाउँदै बत्ती बाल्नदेखि चुल्हो बाल्नसम्म विद्युतको प्रयोग गर्न उपभोक्तालाई प्रेरित गर्दै आएको छ । अहिले चुल्हो बाल्न कि दाउरा कि ग्याँसको खपत बढ्दो देखिन्छ । केही शहरी क्षेत्रमा मात्र विद्युतीय हिटर प्रयोग भएको पाइन्छ ।

खाना पकाउन विद्युतमा सस्तो पर्छ कि ग्याँसमा उपभोक्ताको मनमा उठ्ने जिज्ञासा हो । ग्यासमा भन्दा बिधुतीय उर्जाको प्रयोगबाट खाना पकाउँदा आर्थिक रुपमा सस्तो पर्ने त्रिविका ऊर्जा अध्ययन केन्द्रको अनुसन्धानबाट खुलेको छ । एलपी ग्यास भन्दा विद्युतीय चुलोबाट खाना पकाउदा समय र पैसा बचत हुने ऊर्जाविद्को भनाई छ ।

खाना पकाउन घरमा होस या होटलहरुमा ग्याँसको नै बढी प्रयोग हुने गरेको छ । बढ्दो खपतका कारण नेपालमा वर्षेनी ४२ अर्ब बराबरको ग्याँस आयात हुने गरेको छ । ठूला ठूला जलविद्युत आयोजना निर्माण गर्न सकिने अर्बाै नेपाली रुपैया वर्षेनी विदेश गइरहेको छ । जलश्रोतको धनी देश नेपालमा जलविद्युत आयोजनाबाट विद्युत निकाली खाना पकाउन प्रयोग गर्न नसकिने होइन । तर पनि नेपालमै उत्पादन नहुने ग्याँसमा चुल्हो बाल्नकै लागि अर्बाै रकम विदेशिरहेको छ ।

बढ्दो व्यापार घाटालाई कम गर्न पनि ग्याँसको विकल्प विद्युत खोज्नु नेपालको आवश्यकता हो । ग्याँसको विकल्प विद्युतीय चुल्हो बाल्दा नेपाल विद्युत प्राधिकरणले उपलव्ध गराउन सक्ला त ? प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी ।

दाउरा गुइंठा बालेर खाना पकाउने ग्रामिण क्षेत्रका वासिन्दा पनि अचेल ग्याँस बाल्न थालेका छन् । जुन चिज नेपालमा उत्पादनै हुँदैन, त्यही चिज खोज्दा उपभोक्ताको लागि यो धेरै महँगो पर्न गएको छ । वर्षेनी ४२ अर्ब भन्दा बढी नेपाली रुपैयाँ विदेशिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);