भूमिगत सिंचाइ परियोजना अलपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

भूमिगत सिंचाइ परियोजना अलपत्र

bhumigat sichai alapatra

भैरहवा, २३ मंसिर । २ अर्व ३४ करोड रुपैयाँ भन्दा बढी लागतमा सम्पन्न भएको भैरहवा लुम्बिनी भूमिगत जल परियोजना अहिले अलपत्र अवस्थामा रहेको छ । २० वर्ष बढी समय लगाएर बनेको परियोजना रुपन्देहीका सम्बन्धित कार्यालय र स्थानीय तहहरु बिच समन्वय हुन नसक्दा अलपत्र परेको हो ।

समयमा मर्मत नगरिंदा रूपन्देहीको २० हजार हेक्टर जमिनमा सिँचाइ हुने भूमिगत सिँचाइ परियोजनाका धेरै नलकुपहरु अहिले बन्द भएका छन् । २० वर्षअघि विश्व बैंकले निर्माण गरिदिएको भैरहवा लुम्बिनी भूमिगत जल परियोजनाले हाल १० हजार हेक्टर जमिनमा पनि सिँचाइ गर्न सकिरहेको छैन ।

भैरहवा लुम्बिनी भुमिगत जल सिंचाई ब्यवस्थापन कार्यालय भैरहवाका अनुसार अनुसार १ सय ६९ वटा बोरिङ्ग मध्ये ३२ वटा बोरिङ्गहरु बन्द रहेका छन् । बढ्दो शहरीकरण, सिंचाईका बैकल्पिक ब्यवस्था र बिद्युत शुल्कको कारण यी नलकुप बन्द भएका छन् ।

विशेषगरी उद्योगहरुमा लगाउने मिटर कृषि क्षेत्रमा लगाउँदा जल उपभोक्ता अतिरिक्त मारमा पर्ने गरेका छन् । चर्को विद्युत महशुलको भारले नै बढी संख्यामा नलकुपहरु बन्द भएको छ ।

२०३३ सालमा सुरु भएको परियोजना ३ चरणमा गरी २०५६ सालमा सम्पन्न भएका थिए । लुम्बिनी नलकुप जल उपभोक्ता समितिका अध्यक्ष थानेश्वर घिमिरे राज्यले रेखदेख गर्ने भने पनि तत्काल मर्मत सम्भार नभएको बताउनु हुन्छ ।

सञ्चालनमा किसानहरुलाई पर्ने आर्थिक भारकै कारण किसानहरुले नलकुप उपभोग गर्न सकिरहेका छैनन् । तर केही स्थानीय तहले भने यसको संरक्षण र सञ्चालनमा पहल देखाएको छ ।

२ अर्व ३४ करोड ९५ लाख ३३ हजार रुपैँयाको लागतमा निर्माण भएको परियोजना सञ्चालनका लागि महगोँ पर्नाले किसानहरु भुमिगत सिंचाईको विकल्प खोज्न बाध्य छन् । किसानहरुका लागि परियोजना ल्याइएको तर किसानहरुले उपभोग गर्न नसक्नु दुखद कुरा हो । परियोजनाका सम्पुर्ण नलकुपहरु सञ्चालनमा आउन सके जिल्लाका हजारौँ हेक्टर जग्गा सिंचित गर्न सकिन्छ । तर तीनै तहको सरकारको ध्यान जान सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);