भैरहवा-तौलिहवा सडकको धुलोले यात्रु र सर्वसाधारणलाई सास्ती | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

भैरहवा-तौलिहवा सडकको धुलोले यात्रु र सर्वसाधारणलाई सास्ती

विवेक विश्वकर्मा
भैरहवा, ७ असार । लुम्बिनीको प्रवेशद्वारको रुपमा रहेको भैरहवामा अहिले भैरहवा–लुम्विनी–तौलिहवा सडक निर्माण कार्य भईरहेको छ । निर्माण शुरु भएको वर्षाै भयो तर सडक निर्माणकार्य अझै सकिएको छैन । सडक निर्माणका क्रममा उड्ने धुलोले स्थानीय लगायत आवातजावत गर्ने यात्रुले सास्ती खेप्न बाध्य छन् ।

भैरहवा–लुम्बिनी–तौलिहवा सडक परियोजनाका प्रारम्भिक काम द्रुत गतिमा अगाडी बढेको भए पनि धुलोले भने स्थानीय तथा आवतजावत गर्नेहरुलाई निकै सास्ती भइरहेको छ ।

सम्झौता अुनसार सन् २०१७ को जुलाईबाट सुरु भएको निर्माण कार्य २०२० को जनवरीसम्म सकिनु पर्ने छ । परियोजना निर्धारित समयमै पुरा हुने अपेक्षा गरिए पनि र सो को लागि अझै करिब सात महिनाको समय भए पनि ठेकेदारले धुलो ब्यवस्थापन गर्न नसक्दा भने स्थानीयको साथै पर्यटकले सास्ती खेप्नु परेको छ ।

लुम्बिनी औद्योगिक कोरिडोरमा रहेको दुई दर्जन बढी उद्योगको लागि दैनिक सयौ ट्रक, ट्रिपर लगायत ठुला मालवाहक गाडी गुडेर धुलो उडाउने गरेका छन् । यता भैरहवा–लुम्बिनी–तौलिहवा सडक परियोजनाका परियोजना प्रमुख प्रदिपराज शाक्यले भने धुलो ब्यवस्थापनमा गर्मीको मौषम चुनौतीपूर्ण रहेको बताउनु भयो ।

लक्ष्य अनुसार काम भएको भए अहिलेसम्म उक्त सडक खण्डको ५० प्रतिशत काम सम्पन्न हुनु पर्नेमा जम्मा ३५ प्रतिशत मात्र सकिएको छ । नदीजन्य पदार्थको अभाव तथा तौलिहवा तिर आएको केही अवरोधका कारण लक्ष्य अनुसार काम नभएको भैरहवा–लुम्बिनी– तौलिहवा सडक परियोजनाका परियोजना प्रमुख प्रदिप राज शाक्यले जानकारी दिनुभयो ।

भैरहवाको बुद्धचोकदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल चोकसम्मको बाटोलाई स्तरोन्नती गरी छ लेनको बनाईदै छ भने एयरपोर्ट चोकदेखि बुद्ध जन्मस्थल लुम्बिनीको पर्साचोकसम्म चार लेनको बनाउन लागिएको हो ।

भैरहवादेखि लुम्बिनीसम्मको सडक अहिले दुई लेनको रहेको छ । त्यसैगरी लुम्बिनीदेखि कपिलबस्तु तौलिहवासम्मको सडक दुई लेनको बनाईदै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);