कक्षा कोठा नहुँदा विद्यार्थी खुल्ला चौरमा पढ्न बाध्य | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

कक्षा कोठा नहुँदा विद्यार्थी खुल्ला चौरमा पढ्न बाध्य

ललित सिंह
बझाङ, ७ असार । बझाङको एउटा विद्यालयमा पर्याप्त कक्षा कोठा नहुँदा विद्यार्थीहरु खुल्ला चौरमा बसेर पढिरहेका छन् । बझाङ्गको सदरमुकाम चैनपुरमा रहेको बालमन्दिर निम्न माध्यमिक विद्यालयमा कक्षा कोठाको अभाबमा विद्यार्थीहरु आकासमुनि खुल्ला चौर र रुखको छाहरीमा बहुकक्षा शिक्षण गर्न बाध्य छन् ।

नेपाल सरकारले विद्यालय जाने उमेर समुहका बालबालिकालाई भर्ना अभियान सञ्चालन गरिरहेको छ । तर विद्यालयमा भएका विद्यार्थीहरु भने यस्तो अवस्थामा शिक्षा हासिल गर्न बाध्य छन् । कक्षा कोठाको अभावमा विद्यार्थीहरुको पठनपाठन निरन्तर प्रभावित भईरहेको छ । विद्यालयमा कक्षा कोठादेखि खोनपानी लगायत धेरै समस्या भएको विद्यार्थीहरुको गुनासो छ । विद्यालयमा भएका समस्याहरुको बारेमा सरोकारवालाहरुलाई सुचित गरिएपनि समाधानका लागि कुनै पहल नभएको विद्यालयका शिक्षकको भनाई छ ।

२०३८ सालमा स्थापना भएको बिद्यालयमा नर्सरीदेखि कक्षा आठसम्म पढाइ हुन्छ । यस विद्यालयमा भवनको अभावले कक्षा कोठा त अपर्याप्त छ नै भएको भवन पनि भुकम्पीय जोखिमयुक्त भएको विद्यालयका प्रधानाध्यापकले बताउनुभयो । बझाङ सदरमुकामकै विद्यालयको अवस्था नाजुक छ भने जिल्लाका अन्य स्थानका विद्यालयहरुको अवस्था कस्ताे हाेला सहजै अनुमान लगाउन सकिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);