बझाङका विद्यालयहरु जिर्ण हुँदा विद्यार्थीहरु खुल्लाचौरमा पढ्न बाध्य | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

बझाङका विद्यालयहरु जिर्ण हुँदा विद्यार्थीहरु खुल्लाचौरमा पढ्न बाध्य

ललित सिंह

बझाङ, २७ पुष । बझाङको बुंगल नगरपालिकाका विद्यालयहरु जिर्ण हुँदा विद्यार्थीहरु खुल्लाचौरमा बसेर पढ्न बाध्य छन् । जिल्ला शिक्षा कार्यालयबाट बार्षिक करौडौ बजेट भौतिक पूर्वाधारको लागि छुट्याए पनि बुंगल नगरपालिकाका विद्यालयहरु जिर्ण हुँदा पठन–पाठन समेत प्रभावित भएको छ ।

धलपुर प्राथमिम विद्यालय, रत्न माध्यमिक बिद्यालय, नवयुग प्राथमिक विद्यालय, शंकरखोला लगायतका विद्यालयको भवन जीर्ण भएका छन् । २०१७ सालमा निर्माण गरिएको रत्न माध्यामिक विद्यालयको भौतिक संरचना जीर्ण हुँदा पनि बनाउन कसैले चासो दिएका छैनन् । भवन जीर्ण हुँदा पानी परेको समयमाम विद्यार्थीको कापि किताब भिज्ने गरेको छ । विद्यालयमा भवन जीर्ण भएपछि विद्यार्थीलाई खुल्ला चौरमा राखेर पढाउनु परेको शिक्षको गुनासो छ ।

कक्षा कोठा थारै भएकाले ९ र १० का विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ । दुबै कक्षा एकै ठाउँमा संचालन हुँदा शिक्षकले पढाएको नसुनिएको विद्यार्थीको गुनासो छ ।

२०७१ सालमा शान्ति तथा पुननिर्माण मन्त्रालयले चारकोठे भवन बनाउन रकम छुट्टाएपनि सबै रकम नपाएकाले निर्माण हुन सकेको छैन । किस्तामा रकम निकासा गर्दा विद्यालय बनाउन नसकिएको स्थानीयको गुनासो छ ।

धलपुर प्राथमिक विद्यालयको अवस्था पनि उस्तै छ । विद्यालय भवनको लागि जिल्ला शिक्षा कार्यालयलाई आग्रह गरेपनि सुनुवाईए भएको छैन । विकट ठाउँमा भएकाले जनताको सहयोगमा जीर्ण भवनमा विद्यार्थी पढाउने गरेको शिक्षको भनाई छ ।

विद्यालयहरु जीर्ण भएको स्विाकार गर्दे बुंगल नगरपालिकाले नाजुक विद्यालयको निर्माणको लागि बजेट छुट्टाएको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);