तौलिहवामा अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

तौलिहवामा अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर वितरण

कपिलवस्तु, २७ पुष । कपिलवस्तुको तौलिहवामा अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर वितरण गरिएको छ । युनाईटेड मिसन नेपालको सहयोगमा दलित सामाजिक बिकास केन्द्रले गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन भुजेलले २९ जना अशक्त र अपाङ्गता भएकालाई ह्विलचीयर वितरण गरेका छन् ।

६० वटा ह्विलचीयर बितरण गर्ने लक्ष्य भएपनि आवश्यकता अनुसार २९ जनालाई वितरण गरिएको दलित सामाजिक बिकास केन्द्रका अध्यक्ष रामशरण रैदासले बताएका थिए ।

युनाईटेड मिसन नेपालका अपाङ्गता पुर्नस्थापना कार्यक्रमका संयोजक दामोदर पण्डितले कपिलवस्तु, रुपन्देही र सुनसरीमा १ सय ८३ वटा ह्विलचीयर बितरण गर्ने बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी मलन भुजेलले ह्विलचीयर बितरणले अपाङ्गता भएका व्यक्तिको सामाजिक सुधारमा सहयोग पुगेको बताए । साथै, ह्विलचीयर पाएपछि अपाङ्गता भएकाल व्यक्तिले दैनिम जिवनयापनमा सहज भएको बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);