माथागढी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

माथागढी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण

सुमन गाहा

पाल्पा, १३ माघ । पाल्पा जिल्लाको माथागढी गाउँपालिकाले आजबाट अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गरेको छ ।

अपाङ्गता अधिकार ऐन २०७४ अनुसार स्थानीय तहलाई अपाङ्गता परिचयपत्र वितरण गर्न दिएको अधिकारअन्तर्गत माथागढी गाउँपालिकाले अपाङ्गता परिचयपत्र वितरण गरेको गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले बताउनुभयो।

गाउँपालिका उपाध्यक्ष भट्टराईले अपाङ्गता भएका व्यक्तिहरुको स्तर र गम्भीरता पहिचान गरी परिचयपत्र वितरण गरेको जानकारी दिनुभयो ।

गाउँपालिकाले अपाङ्गता भएका १२ जनालाई परिचयपत्र वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताउनुभयो । उहाँका अनुसार पूर्ण अशक्तलाई रातो, अति अशक्तलाई निलो तथा मध्यम र सामान्यलाई पहेँलो र सेतो परिचपत्र वितरण गरेको बताउनुभयो।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);