अपागंकालाई हिवल चियर बितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

अपागंकालाई हिवल चियर बितरण

विराटनगर, १५ मंसिर । विराटनगरमा बाल अपाङ्ग टेवा सस्थानद्धारा अपाङगता भएका व्यक्तिहरुलाई ह्वीचेयर वितरण गरेको छ । विराटनगरमा एक कार्याक्रमको आयोजना गरी उक्त संस्थाले १५ जना अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचेयर वितरण गरेको छ । प्रदेश १ का झापा, मोरङ, सुनसरी लगायतका जिल्लामा रहेका अपाङ्गता भएका व्यक्तिहलाई संस्थाले ह्वीलचेयर वितरण गरेको हो ।

उक्त कार्याक्रममा संस्थाले मुख्यमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएको छ । उक्त कार्याक्रममा बोल्दै प्रदेश नं. १ का मुख्यमन्त्री संस्थाले गरेको कार्यको प्रशंसा गरेका छन् । अव निर्माण हुने सम्पुर्ण भौतिक संरचना अपाङग मैत्री हुनुपर्नेमा मुख्यमन्त्री शेरधन राइले जोड दिएका छन् । अपाङ्ग महासंघ मोरङको अध्यक्ष विमल वस्नेतले अपाङ्ग मौत्री भवनहरु अझै बन्न नसकेको बताएका छन् ।

समाजले अपाङलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन हुनुपर्ने उनले बताए । सरकारले अपाङ्ग सम्बन्धि बनेका कानुनलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनले बताए । कार्याक्रम संयोजक नवराज कार्कीले अपाङ्ग भएका व्यक्तिलाई सरकारले विशेष प्रकारको तालिम संचालन गरेर रोजगारीको सिर्जना गर्नुपर्ने बताए । सरकारले हरेक क्षेत्रमा अपाङ्ग मैत्री भौत्रिक संरचना निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);