एकैसाथ ३ सय ९६ स्थानीय तहमा ५ देखि १५ शैयाको अस्पताल सिलान्यास गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

एकैसाथ ३ सय ९६ स्थानीय तहमा ५ देखि १५ शैयाको अस्पताल सिलान्यास गर्दै

काठमाडाैं, १५ मंसिर । सरकारले चालु आर्थिक वर्षमा एकैसाथ ३ सय ९६ स्थानीय तहमा १५ शय्याको अस्पताल बनाउँदै छ । सबै स्थानीय तहमा ५ देखि १५ शय्यासम्मका आधारभूत अस्पताल बनाउने सरकारको निर्णयअनुसार आज ती अस्पतालको एकैसाथ सिलान्यास गर्न लागिएको हो ।

सरकारले स्थानीय तहमा अस्पताल बनाउने भनेर नीति तथा कार्यक्रममा समावेश गरेको थियो । अहिले ७ सय ५३ पालिकामध्ये १ सय ४ वटामा मात्रै विभिन्न तहका अस्पताल छन ।

अस्पताल नरहेका ६ सय ४९ पालिकामा आगामी दुई वर्षभित्र कम्तीमा १५ शय्याको अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । चालु वर्षमा ३ सय ९६ पालिकामा र अन्यमा आगामी वर्ष अस्पताल निर्माणको काम सुरु मन्त्रालयले जनाएको छ ।

पालिकामा रहेका पुराना स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्य केन्द्रलगायत स्थान र पूर्वाधारलाई छानेर अस्पताल बनाउने तयारी गरिएको छ । अस्पताल सञ्चालनका लागि पालिकाहरूसँग समन्वय गरेर काम गरिने पनि मन्त्रालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);