महिलाविरुद्धका सबै हिंसा अन्त्य हुनुपर्छ  ः नेपाल अपाङ्ग महिला संघ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

महिलाविरुद्धका सबै हिंसा अन्त्य हुनुपर्छ  ः नेपाल अपाङ्ग महिला संघ

जुम्ला।नेपाल अपाङ्ग महिला संघले अपाङ्गता भएका व्यक्ति र महिलामाथि हुने सबै प्रकारका हिंसा रोक्न  माग गरेकाे छ । नेपाल अपाङ्ग महिला संघ जुम्लाको बुधबार चन्दननाथ नगरपालिकामा आयाेजना गरेकाे कार्यक्रममा यस्ताे माग गरिएकाे हाे । अपाङ्गता भएका महिलाविरुद्ध हुने हिंसा न्यूनीकरणमा सबैको एकमत हुनु पर्ने अपाङ्ग महिला संघकी कर्णाली प्रदेशकी सम्पर्क व्यक्ति धनसरा शाहीले बताइन । उनले भनिन्, ‘समग्र महिला लैङ्गिक विभेदको मारमा परिरहेको अवस्थामा  अपाङ्गता भएका महिला झन्  धेरै प्रकारका हिंसा, यातनाबाट पीडित हुने गरेका छन् ।’ उनले अपाङ्गता भएका महिला अवसरबाट  समेत वञ्चित हुने अवस्था निर्मुल गर्न आवश्यक रहेकाे बताइन । यस्तै, अपाङ्गता भएका महिला बलात्कार तथा यौन दुर्व्यवहारको शिकार हुन नदिनको सचेतना फैलाउन जरुरी रहेकाे उनकाे भनाइ छ।

चन्दननाथ नगरपालिका महिला तथा बालवालिका शाखाका बालकल्याण अधिकारी  पुष्पा थापाले महिला हिंसा न्यूनिकरणका लागि  विभिन्न क्रियाकलाप भइरहेको बताइन ।उनले हिंसा न्यूनिकरणका लागि बनाएका कानुन र तिनको कार्यान्वयन बारे सबै महिला जानकार हुनुपर्ने बताइन।

कार्यक्रममा चन्दननाथ नगरपालिका महिला तथा बालवालिका शाखाका  प्रमुख माया थापा,  नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष  नेत्रबहादुर  शाही, अपाङ्ग  पूनर्स्थापना तथा विकास केन्द्रकी उपाध्यक्ष  कमला बुढालगायतले अपांगता भएका व्याक्तिलाई सीपमुलक र आयआर्जनका कार्यक्रममा सहभागी गराउन सुझाब दिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);