महिला तथा बालबालिको क्षेत्रमा कडा कानुन बन्नुपर्छ : मन्त्रि थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

महिला तथा बालबालिको क्षेत्रमा कडा कानुन बन्नुपर्छ : मन्त्रि थापा

thammaya thapa
सन्दिप शर्मा
म्याग्दी, ८ असार । महिला बालबालिका तथा समाजकल्याण मन्त्रि थममाया थापाले महिला हिंसा तथा कुप्रथा हटाउन का लागि स्थानिय निकायले नै कडा खालको कानुनको निमार्ण गर्नु पर्ने बताएकी छन् ।

गृह जिल्ला म्याग्दीमा अपाङ्गता भएका ब्यक्तीहरुका लागि साहायता सामाग्री वितरण कार्यक्रमा मन्त्रि थापाले विभिन्न खाले हिंसा छुवाछुत तथा महिला हिंसा हटाउन का लागि स्थानिय स्तर बाटै कडा कानुनको निमार्ण गर्नु पर्ने बताइँन । सोही कार्यक्रमा बोल्दै थापाले नेपालमा रहेका सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले सामाजिक रुपान्तरण संग जोडिने कार्यक्रम गर्नु पर्ने बताइँन ।

कार्यक्रममा म्याग्दीमा अपाङ्गता भएका ब्यक्तीहरु लाई ३५ थान ह्वीचियर, १० थान सेतो छडी, ५ थान बैसाकी, ५ थान वाकीङ्ग ईस्टीक, ५ थान एल्वोकार्रचेज र ५ थान वाकर वितरण गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);