संसद बैठकको शुन्य समयमा सांसदले के भने ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

संसद बैठकको शुन्य समयमा सांसदले के भने ?

samsadh parlyament

काठमाडौं, ८ असार । सांसदहरुले पूर्वाधार विकास र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारको ध्यानकर्षण गराएका छन । शुक्रबार बसेको संसद बैठकको शुन्य समयमा सांसदहरुले पूर्वाधार विकास र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न ध्यानकर्षण गराएका हुन् ।

बैठकमा सांसद भानुभक्त ढकालले विगत ४० वर्षदेखि थाती रहेको सुकुम्बासी समस्या समाधान गर्न सरकारलाई रुलिङ गर्न सभामुख कृष्णबहादुर महराको ध्यानाकर्षण गराए ।

सांसद योगेश भट्टराईले ताप्लेजुङको आठराई–त्रिवेणी गाउँपालिका र लिखुवाखोला गाउँपालिकाको केन्द्रमा तत्काल इलाका प्रहरी कार्यालय स्थापन गर्न सरकारसँग माग गरे।

सांसद मिना सुब्बाले सुनसरीको धरानस्थित विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य विमामार्फत् उपलब्ध गराइदै आएको निःशुल्क औषधि ४ महिनायता बन्द भएको भन्दै सो सेवा तत्काल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराईन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);