'कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि सर्तकता अपनाउन ध्यानाकर्षण' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

‘कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि सर्तकता अपनाउन ध्यानाकर्षण’

bhimsen das pradhan

काठमाडौं, २९ फागुन । सांसदहरुले कोरोना संक्रमणबाट विश्वनै त्रसित भईरहेकाले संक्रमणको जोखिम न्यूनीकरणका लागि तत्काल सर्तकता अपनाउ सरकारको ध्यानाकर्षण गराएका छन ।

प्रतिनिधि सभाको बिहिवारको बैठकको सुन्य र विशेष समयमा बोल्ने सांसदहरुले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि सम्बेदनशील बन्न सरकारको ध्यानाकर्षण गराएका हुन , उनीहरुले संसद बैटक र बिद्यादय समेत बन्द गर्न माग गरेका छन ।

प्रतिनिधि सभाको बिहिवारको बैठकको सुन्य र विशेष समयमा बोल्ने सांसदहरुले कोरोना संक्रमणबाट विश्वनै त्रसित भईरहेकाले संक्रमणको जोखिम न्यूनीकरणका लागि तत्काल सर्तकता अपनाउन सरकारको ध्यानाकर्षण गराएका छन ।

नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले विश्वभर एकसाथ फैलने रोग भएकाले कोरोनाबारे थप संवेदनशील बन्न सरकारसंग आग्रह गर्नुभयो । उहाँले जोखिमको बेला संसद बैठक र बिद्यालय समेत बन्द गर्नुपर्ने उल्लेख गर्नुभयो । सांसद प्रधानले सीमा क्षेत्रमा पनि सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसकै अर्का सांसद भरत कुमार शाहले कोरोनाको संक्रमणको जोखिम बढीरहेका बेला संसद बैठक संञ्चालन भईरहेको भन्दै बैठक स्थगित गर्न सभामुख अग्नि सापकोटाको ध्यानाकर्षण गरउनु भयो ।

त्यसैगरी सत्तारुढ दल नेकपाका सांसद खगराज अधिकारीले कोरोना भाइरसको संक्रमणको जोखिम बढेको अवस्थामा त्यसको मौका छोपेर बजारमा अत्याबश्यकीय बस्तुमा कृतिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न माग गर्नुभयो ।

राजपाका सांसद महेन्द्रराय यादव ले कोरोना संक्रमणले नेपाली जनतामा भय र त्रास फैलिएको भन्दै नागरिकलाई आश्वस्त तुल्याउन एकीकृत र एकद्धार प्रणालीबाट सुसचित गराउन सरकारसंग आग्रह गर्नुभयो ।

त्यसैगरी सांसद निरादेवी जैरुले कोरोनाको नाममा कालोबजारी मौलाएको भन्दै नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

शुन्य समयमा बोल्ने अन्य सांसदहरुले पनि सीमा क्षेत्रमा कोरोना संक्रमणबारे बिशेष सतर्कता अपनाउन लगायत देशको समसामयिक बिषयमा सरकारको ध्यानकर्षण गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);