'कोरोना रोकथामका लागि सरकारको पूर्वतयारी सन्तोषजक भएन' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

‘कोरोना रोकथामका लागि सरकारको पूर्वतयारी सन्तोषजक भएन’

sanghiya samsadh

काठमाडौं, २९ फागुन । सांसदहरुले कोरोना भाइरस रोकथामका लागि सरकारको पूर्वतयारी सन्तोषजनक नभएको बताएका छन् । बिहिबार संघीय संसदबाहिर पत्रकारहरुसँग कुराकानी गर्दै नेकपाका सांसद शेरबहादुर तामाङले कोरोना भाइरस रोकथाम गर्न सरकारले पूर्व सतर्कताका लागि विदेशबाट आउने र विदेश जाने नेपालीलाई तत्काल रोक्नुपर्ने उल्लेख गर्नुभयो । ।

नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले कोरोना रोकथामका लागि सरकारले सही सूचना दिन एकद्वार प्रणालीको विकास गर्न नसकेको, कालोबजारी नियन्त्रणका लागि अनुगमन गर्न नसकेको तथा आइसोलेसन र क्वारेन्टाइनको पर्याप्त व्यवस्था गर्न नसकेको बताउनु भयो ।

पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका सांसद डा. बाबुराम भट्टराईले सरकारले सकारात्मक प्रयत्न गरिरहेपनि जनतालाई आतंकिन नभएर सजग हुनुपर्छ भन्ने कुरा बुझाउन नसकेको औल्याउनु भयो ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइसको संक्रमणले अहिले विश्वभरी त्रास फैलिएको छ । नेपालमा यसको संक्रमण नदेखिएपनि बजारमा उपभोग्य सामान पाउन छोडेको मूल्य बढेको आम नागरिकको गुनासो छ ।

तत्कालको अवस्थामा कालोबजारी हुन नदिने र ६ महिनासम्म कुनै पनि खाद्यान्न तथा औषधिको अभाव नहुने सरकारले बताउँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);