नेपालमा कोरोना संक्रमण फैलिन नदिन सबै दल एकजुट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपालमा कोरोना संक्रमण फैलिन नदिन सबै दल एकजुट

काठमाडौं, २८ फागुन । विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण फैलन नदिन सवै राजनीतिक दलहरु एकजुट भएका छन् । बुधबार उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले बोलाउनु भएको सर्वदलीय बैठकमा सबै राजनीतिक दलका नेताहरुले सम्पुर्ण राष्ट्रिय शक्ति लगाएर कोरोना संक्रमण रोकथाममा लाग्नुपर्नेमा जोड दिएका हुन् ।

बैठकले नेपालमा अहिलेसम्म एकजनामा कोरोना संक्रमण देखिएको र उनको उपचार समेत भैसकेकाले यसमा नेपाल कोरोना रोकथामका लागि सक्षम छ भन्ने विश्वलाई सन्देश दिन सफल भएको भन्दै आगामी दिनमा पनि उच्च सतर्कता अपनाउनुपर्ने निर्णय गरेको छ ।

‘कोरोना संक्रमण भएका देशबाट आवतजावतमा प्रवेशमा रोक लगाउने, कोही आइहाले तिनको व्यवस्थापन कसरी गर्ने, यसबारे सचेतना कसरी अपनाउने भन्ने बिषयमा पनि दलहरुबीच छलफल भएको थियो ।

बैठकमा सहभागी राजनीतिक दलका नेताहरुले सरकारले कोरोना संक्रमण रोकथामका लागि गरेको प्रयास पर्याप्त नभएको भन्दै त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);