कोरोना भाइरसविरुद्ध ‘युद्ध’ सुरु भएको दक्षिण कोरियाको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कोरोना भाइरसविरुद्ध ‘युद्ध’ सुरु भएको दक्षिण कोरियाको घोषणा

moon jae in-corona

एजेन्सी, २० फागुन ।  दक्षिण कोरियाले कोरोना भाइरस विरुद्ध ‘युद्ध’ सुरु भएको घोषणा गरेको छ । चीनबाहिर सबैभन्दा बढी करिब ५ हजारमा कोरोना संक्रमण भएपछि दक्षिण कोरियाले कोरोना भाइरस विरुद्धको लडाइँ सुरु भएको घोषणा गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

दक्षिण कोरियाका राष्ट्रपति मून जेई इनले कोरोना भाइरस विरुद्ध युद्धको घोषणा गरेका हुन । उनले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि २५ अर्ब अमेरिकी डलर छुट्याउने घोषणा पनि गरेका छन् ।

राष्ट्रपति मूनले सबै सरकारी संगठनलाई ‘२४ घण्टा आपतकालीन सेवासहितको प्रणाली विकास गर्न निर्देशन दिएका छन् । दक्षिण कोरियामा मंगलबार ४ हजार ८ सय १२ जनामा कोरोना संक्रमण देखिएको छ भने २८ जनाको मृत्यु भएको छ ।

यसैबीच अमेरिकाको वासिङ्टन राज्यमा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै अमेरिकाका कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

मंगलबारसम्म विश्वका ७६ देशमा कारोना भाइरसको संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठन डब्ल्यु एच ओले जनाएको छ । अहिलेसम्म कोरोना भाइरसबाट ३ हजार एक सय १९ जनाको मृत्यु भइसकेको छ भने ९० हजार ९ सय ३३ जनामा यसको संक्रमण देखिएको छ ।

चीनबाहिर भाइरसको संक्रमण र मृतकको संख्या बढ्दै गइरहेका बेला चिनियाँ स्वास्थ्य अधिकारीले भने चीनमा संक्रमण र मृतकको संख्या घटिरहेको तथ्यांक प्रस्तुत गरेका छन् । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारी अनुसार मंगलबारसम्म चीनमा कोरोना भाइरसबाट २ हजार ९ सय ४३ जनाको मृत्यु भएको छ र ८० हजारभन्दा बढीमा संक्रमित छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);